नयाँ कमरेडहरुलाई स्वागत छ : मेयर बरबरिया
उहाँले नव प्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै अबिर माला लगाएर स्वागत गर्नुभएको थियो ।

२०७६ माघ २२ बुधबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुलाई “स्वागत छ कमरेड” भनेर सम्बोधन गर्नुभयो ।
शहिदनगर नगरपालिकाको वडा नं. १ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा मेयर बरबरियाले नव प्रवेशीहरुलाई अबिर तथा फूलमाला लगाएर स्वागत गर्दै नयाँ कमरेड भनेपछि उनीहरु उत्साहित देखिएको थियो । पार्टी प्रवेश कार्यक्रममा कार्यक्रमको आकर्षणको रुपमा मुलुककै कान्छो मेयर थिए ।
संघीय समाजवादी फोरम र नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दर्जनौं कार्यकर्ताहरु प्रवेश गरेको मेयर बरबरियाले बताउनुभयो । उहाँले नव प्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै अबिर माला लगाएर स्वागत गर्नुभएको थियो ।

नेकपाको शहिदनगर नगर समितिले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो । सो क्रममा कपिलदेव यादव, देवचन्द्र यादव, डोमा यादव, मोतिलाल यादव, मिर्चाइलाल यादव, दिपक रजक, ई.संजय यादव, राजु रजक, सिताइ यादव, सर्वण यादव, रबिन शर्मा, रामसरन रजक, भोरिल यादव, सदन साह, सुर्यदेव यादव, दुर्योधन यादव, पवन साहले प्रवेश गरेका हुन् ।
यसका साथै, राकेश यादव,संतोष यादव, निरोध यादव, रुबलेश यादव, प्रदिप यादव, सुरेन्द्र यादव, सिरिकिसुन यादब, राजकिशोर महरा, विनोद यादव, दिपु मुखिया, कालि यादव, मनोज यादव, अनिल यादव, राजाबाबु यादव, मनोज यादव, कृष्णा यादव, राकेश यादव, अरुण साफि, रामबाबु यादब, मठेरन यादव,भोला साह सोनार लगायतका दर्जनौं व्यक्तिहरु पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, नेकपाका नेता तथा कार्यकर्ताहरु सहित स्थानीयहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…