निरहुआ, आम्रपाली, ईन्दु सोनाली देखि निखिल उप्रेतीसम्म स्टारहरु आउँदै
पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले पुजा गर्ने कार्यक्रम रहेको छ ।

२०७६ माघ २२ बुधबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रौतहटको मौलापुर नगरपालिकाले फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा “मधानी महायज्ञ”मा भोजपुरी, नेपाली र मैथिली भाषीका कलाकारहरु आउने भएको छ ।
“मधानी महायज्ञ– २०७६” मौलापुर नगरपालिकाको वडा नं. ५ पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
महायज्ञको सह–आयोजक रहेको एस. राज प्रोडक्सनस प्रा.लि. का निर्देशक सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायकहरु महायज्ञमा आफ्नो साँस्कृति प्रस्तुति दिने भएको छ ।
महायज्ञमा भोजपुरी सुपर स्टार दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली, नेपाली तथा भोजपुरी गायिका सेलिना कुँवर, गायक तथा संगीतकार सँतोष राज सहनी, सुनिल पंडित ,बिजय यादव निर्बिज, सरिता साह, रचना सिवाकोटी, तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेती, स्मिता दाहाल लगायतको सांस्कृतिक प्रस्तुति रहनेछ ।
उक्त क्षेत्रको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ । आयोजकका अनुसार फागुन ६ गते राष्ट्रपति भण्डारीले उक्त महायज्ञमा विशेष पुजा अनुष्ठान गर्नेछिन् ।
पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोचारण गराई राष्ट्रपति भण्डारीले पुजा गर्ने कार्यक्रम रहेको छ । फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ ।
फागुन ६ गते भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…