धनुषाः मेमोरी कार्डकै लागि आफ्नै श्रीमतिको हत्या !
श्रीमान सहित पक्राउ परेका सबैले अस्पतालको ईमरजेन्सी वार्डमा राखेर आत्महत्याको प्रयास गरेको भनेको थियो ।

२०७६ माघ २० सोमबार, दिउँसो ३:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मोबाईलको मेमोरी कार्डकै लागि धनुषामा एक महिलाको घाँटी थिचेर हत्या गरिएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. २ बस्ने स्थानीय अनिल कुमारकी २८ बर्षिय श्रीमतिलाई घरका सदस्यहरुले मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै महिलालाई मेमोरी कार्डकै लागि हत्या गरिएको खुलाएको हो ।
त्यहाँ बस्ने राधाकृष्ण पासवानकी बुहारी तथा अनिलकी श्रीमति चिन्तामणी देवी पासवानलाई हत्या गरिएको हो । गत माघ १८ गते दिउँसो करिब १ बजेतर्फ अनिल, उनकी बहिनी पुनिता र उनकी आमा तथा वुवा समेतले कुटपिट गर्दै अन्त्यमा घाँटी थिचेर हत्या गरेको खुलाइएको छ ।
सोही आरोपमा मृतककी श्रीमान अनिल सहित उनकी सासु र ननद तथा ससुरा समेत गरी ४ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको छ । मोबाईलको मेमोरी कार्डको लागि समान्य झगडा हुँदा चिन्तामणीलाई कुटपिट गर्दै घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
उनको हत्या गरिसकेपछि पुनः घरमै झुण्डाएको थियो । झुण्डाएपछि छिमेकीहरुलाई बोलाएर आफै पासो लगाएर मर्न खोजेको भन्दै उनको उपचारको लागि रिक्सामा हालेर जनकपुरको प्रादेशिक अस्पतालमा ल्याएको थियो । मृत्यू भईसकेकी पासवानलाई उनको श्रीमान सहित पक्राउ परेका सबैले अस्पतालको ईमरजेन्सी वार्डमा राखेर आत्महत्याको प्रयास गरेको भनेको थियो ।
अस्पतालमा खटिएको प्रहरीले शंका जनाएपछि हत्या भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिनुभयो । पत्रकार सम्मेलन मार्फत उहाँले चारै जनालाई पक्राउ गरी हिराहतमा राखी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो ।
सो घटनामा हत्या आरोपमा मृतककी ४५ बर्षिय सासु कुमाला पासवान र ननद २० बर्षिय पुनिता पासवानलाई माघ १९ गते आईतबार जनकपुरको पेठिया बजारबाट पक्राउ गरिएको जनाइएको छ । यस्तै,
पति ३० वर्षिय अनिल कुमार पासवान र ससुरा राधाकृष्णा पासवानलाई जनकनन्दीनी गाउँपालिका वडा नं. २ बल्हाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…