जनकपुरको माहौल गरम, मोटो सँख्यामा प्रहरी परिचालन !
झाका अनुसार अहिले भर्खरै मास आएर साहको रिहाईको लागि माग स्वरुप प्रदर्शन सुरु गरेको छ ।

२०७६ माघ २० सोमबार, दिउँसो १२:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवा व्यापारी एवम् स्थानीय धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरेपछि अहिले जनकपुरको माहौल तातिएको छ ।
आईतबार दिउँसो साहलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरुले जनकपुरमा प्रदर्शन गर्ने तयारी गरेपछि माहौल तातिएको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार विहान ११ बजेदेखि नै जनकपुरको जनकचोकमा टायर बालेर प्रदर्शन गर्ने भनिएपछि माहौल तातिएको हो । अहिले भर्खरै प्रदर्शन सुरु भएको छ ।
जनकपुरका मेयर लालकिशोर साहको कार्यकक्षमा केही व्यक्तिहरुले पत्रकारहरु उपर कुटिपिट गर्दै क्यामेरा, मेमोरीहरु समेत खोसेको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको किटानी जाहेरीले व्यापारी साहलाई पक्राउ गरेको हो ।

गत पुस २२ गते भएको सो घटनामा साहको समेत सँलग्नता रहेको भन्दै मिश्रले साह सहित अन्य ३ जना उपर किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । बाँकी ३ जना अझै फरार रहेका छन् । साह पक्राउको विरोधमा राष्ट्रिय जनता पार्टी नेपाल, स्थानीय व्यापारी, युवाहरुले जनकचोकमा वृहत प्रदर्शन गर्ने भएको छ ।
११ बजेदेखि नै प्रदर्शन गर्ने भनिएपनि राजपाका युवा नेता राजु चौधरीकी आमाको निधन भएपछि नेता तथा अधिकांश कार्यकर्ताहरु श्रद्धाञ्जली अर्पण गर्न उत्तै गएपछि प्रदर्शन कार्यक्रममा ढिलाई भएको राजपाका युवा नेता प्रशान्त झाले बताए । झाका अनुसार अहिले भर्खरै मास आएर साहको रिहाईको लागि माग स्वरुप प्रदर्शन सुरु गरेको छ ।
प्रर्दशनलाई मध्यनजर गर्दै जनकपुरको जनकचोकमा अहिले मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली त्यहाँ परिचालन गरिएको हो । यस्तै, विभिन्न क्षेत्रका व्यक्तिहरु समेत जनकचोकमा जम्मा हुन लागेपछि माहौल तातिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…