नगरकी छोरीहरुको भविष्यप्रति गम्भीर छौ : मेयर यादव
जम्मा ६० जना छोरीको शिक्षा विमा गरिएको छोरी शिक्षा विमा कार्यक्रम

२०७६ माघ २० सोमबार, दिउँसो १२:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको माधब नगरपालिकको मेयर बिरेन्द्र यादबले आफुहरु छोरीहरुको भबिस्य निर्माणका लागि गम्भीर रहेको बताएका छन ।
रौतहटको माधवनारायण नगरपालिकामा आइतबार देखी छोरी शिक्षा विमा कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथी समेत रहेका मेयर यादबले हाम्रो नगरपालिकाले जसरि स्वास्थ ,सिचाइ ,शिक्षा लगायत अन्य सेकटरमा गम्भीर र प्रभाकारी कदम चाल्दै अधि बढीरहेको छ त्यसरी नै प्रदेश २ को सरकारले ल्याएका ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रममा गम्भिर भएर लाग्ने बताए ।
वडा नं २ खेसरहियाबाट छोरी शिक्षा विमा कार्यक्रमको उदघाटन सत्रमा बोल्दै बिशिस्ट अतिथी एव नगरकि उप (प्रमुख सिमल साहले जन्म देखि नै छोरीहरुको खातामा ३ लाखको बिमा गर्ने प्रदेश सरकारको कदम सराहनीय रहेको भन्दै प्रसंशा गरे।
उपमेयर साहले यो अभियान छोरीहरुका लागि बरदान साबित हुने बताइन । मेयर यादवले उदघाटन गरेसँगै माधवनारायण नगरपालिकाको खेसरहियाबाट छोरी विमा शिक्षा शिविर शुरु भएको र दिपही,खेसरहयिा र सखुअवाको गरी जम्मा ६० जना छोरीको शिक्षा विमा गरिएको छोरी शिक्षा विमा कार्यक्रमका कार्यक्रम अधिकृत राजदेव मुखियाले बताएका छन ।
आइतबार देखि शुरु भएको विमा शिविर तिनदिनसम्म सञ्चालन हुने छ ।सोमबार वडा नं ४ मिठुअवामा र मंगलबार वडा नं ६ माधोपुरमा शिविर सञ्चालन हुने कार्यक्रम अधिकृत मुखियाले बताए ।
मिठुअवामा सञ्चालन हुने शिविरमा मिठुअवा सहित विशुनपुर्वा मानपुर र लउकाहाकी छोरीहरुलाई विमा गरिनेछ भने माधोपुरमा आयोजना हुने शिविरमा माधोपुर सहित पिप्रा रजवाडा र गढोकी छोरीहरुलाई विमा गरिने कार्यक्रम रहेको छ ।
शिविरमा छोरीलाई विमित गराउनको लागि बच्चा, आमा र बुबाको ६÷६ प्रति फोटो, आमा बुबाको नागरिक्ताको २/२ प्रति फोटोकपी, बच्चाको जन्मदर्ताको फोटोकपी एक प्रति र वडा कार्यालयको सिफारी पत्र लिएर आउनुपर्ने छ ।
विमाको लागि आवश्यक पर्ने यी कागजातहरु लिएर नआउनेलाई विमा नगरिने भएको छ । विमा भएको छोरीको घरमा तिन महिनासम्म सुविसुको ईन्टरनेट सेवा निशुल्क गरिएको छ । शिविरमा विमा गराउन नसक्नेले अन्य दिनमा नगरपालिकामा सम्पर्क गरेर पनि विमा गराउन सक्ने व्यवस्था गरिएको नगरपालिकाका नायब सुब्बा कृष्णनन्दन यादवले बताए ।
शिक्षा विमाको जिल्ला संयोजक सोभा देवी, वडा नं ३ का अध्यक्ष राजकुमार यादव, २ का अध्यक्ष नन्हक सहनी लगाएतको सहभागिता रहेको थियो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…