नेपाल रेडक्रस सोसाईटीको २६ औं साधारण सभा सम्पन्न
बिनय यादव, सिरहा, २७ पौष । नेपाल रेडक्रस सोसाईटी मिर्चैया उपशाखाको २६ औं साधारण सभा सम्पन्न भएको छ । मिर्चैया नगरपालिका ६ स्थित आज (बिहिवार) भएको साधारण सभामा आर्थिक वर्ष ०७३/०७४ को आय-व्यय प्रस्तुत गरिएको थियो । उपशाखाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाताहरुलाई दोसल्ला ओढ

२०७४ पुस २७ बिहीबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २७ पौष ।
नेपाल रेडक्रस सोसाईटी मिर्चैया उपशाखाको २६ औं साधारण सभा सम्पन्न भएको छ । मिर्चैया नगरपालिका ६ स्थित आज (बिहिवार) भएको साधारण सभामा आर्थिक वर्ष ०७३/०७४ को आय-व्यय प्रस्तुत गरिएको थियो ।
उपशाखाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाताहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सिरहाका प्रतिनिधि राजदेब ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सिरहा क्षेत्र नं. ४ का “क” प्रदेशसभाका सदस्य दिलिप साह, मिर्चैया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष देवकृष्ण साह लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…