मोसालाई ठक्कर दिँदा १ को घटनास्थलमै मृत्यू
शवलाई पोस्टमाटमको लागि जिल्ला अस्पताल सर्लाहीमा पठाएको प्रहरीले जनाएको छ।

२०७६ माघ १९ आइतबार, दिउँसो ३:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका ७ मोहनचौक स्थित भित्री सडक खण्डमा नम्बर नखुलेको सवारी साधनले हिरापुरबाट मलंगवा तर्फ आउदै गरेको नम्बरका् मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युु हुनेमा जिल्ला सर्लाही मलंगवा नपा२ बस्ने बर्ष २० को उपेन्द्र सोनार रहेको छ। सोही मोटरसाईकल पछाडी सवार सोही ठाउँको बर्ष २० को राजेन्द्र यादवको उपचारको क्रममा मृत्यु भएको छ।
अनुहार र दाहिने खुट्टा भाँचिएको यादवको उपचारको क्रममा जिल्ला अस्पताल मलंगवा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता प्रतीत सिंह राठोर सहितको टोलि आवश्यक अनुसन्धान गरि मृतक शवलाई पोस्टमाटमको लागि जिल्ला अस्पताल सर्लाहीमा पठाएको प्रहरीले जनाएको छ।
यस्तै, सर्लाहीको लालबन्दी नपा १६ भोर्लेनी स्थित रानीगंज परवानीपुर भित्री पक्की सडक खण्डमा लालबन्दीबाट भोर्लेनी तर्फ जाँदै गरेको ना १९ प २१६० नं. को मोटरसाईकलले यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीयवासी कृष्ण विक्रम थापाको श्रीमति बर्ष ७० की जोक कुमारी थापा रहेको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान गरि मृतक शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंलगवामा पठाएको छ। मोटरसाइकल चालक जिल्ला सर्लाही लालबन्दी न।पा। १६ बस्ने बर्ष ४५ को तिर्थ बहादुर खड्का नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…