३ वर्ष भित्रै मधेशका ४५ हजार युवाहरूलाई नोकरी दिन्छौ : मुख्यमन्त्री राउत
वाचा पुरा गर्न डिफिड संग सम्झौता गरि सिप परियोजना प्रदेशमा लागु गरिएको

२०७६ माघ १५ बुधबार, राति ८:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले ३ वर्ष भित्रै मधेशका ४५ हजार युवाहरुलाई रोजगारी (नोकरी) दिने बताउनुभएको छ ।
बुधबार (आज) सर्लाही जिल्लाको चक्रघटा गाउँपालिकाको पुरानो बजारमा बेरोजगारको लागि रोजगार समारोहको उदघाटन गर्दै उहाँले आगामी तिनवर्ष भित्रमा मधेसको ४५ हजार बेरोजगार युवाहरूलाई रोजगारी दिने बताउनुभएको छ ।
मधेसको अधिकांश जनता कृषिमा निर्भर भएको कारण प्रदेशलाई समृद्धिको शिखरमा पुर्याउनको लागि कृषिलाई आधुनिकीकरणको अर्को विकल्प नरहेको बताउनुभयो।
पश्चिमी देशहरु कृषिमा क्रान्ति गरिसकेको समयमा मधेसको विकासको लागि कृषिमा क्रान्ति गर्नुपर्नेमा राउतले जोड दिनुभयो। प्रदेश नं. २ को प्रत्येक जिल्लामा औद्योगिक क्षेत्र निर्माण गरि विदेशमा पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गरिने बताउनुभयो।
प्रदेशका बेरोजगार युवाहरुलाई रोजगारी दिएर समृद्धिको परिकल्पनाका साथै आन्दोलनको क्रममा युवाहरुसंग गरिएको वाचा पुरा गर्न प्रदेश २ को सरकारले रोजगार योजना ल्याएको बताउनु भएको छ।
डिफिडको सहकार्यमा सिप परियोजना मार्फत युवालाई रोजगारी दिने गरि विभिन्न सेवा प्रदायक संस्थाहरुसंग गरेको सम्झौता अनुसार प्रदेश नं. २ का बेरोजगार युवाहरुलाई रोजगारी दिएर समृद्धिको परिकल्पनाका साथै आन्दोलनको क्रममा युवाहरु संग गरिएको वाचा पुरा गर्न डिफिड संग सम्झौता गरि सिप परियोजना प्रदेशमा लागु गरिएको मुख्यमन्त्री राउतले बताउनुभयो।
उहाँले यस परियोजना मार्फत बेरोजगार युवाहरुलाई सिप प्रदान गर्दै स्वावलम्बी बनाउनुका साथै उनीहरुलाई सिप अनुसारको रोजगारी समेत उपलब्ध गराउने उद्देश्य राखेको जानकारी गराउनुभयो। मधेसका युवाहरूलाई सरकारी सेवामा समेत समेट्न प्रदेश सरकारले प्रहरी ऐन पारित गरिसकेको र केन्द्रिय ऐन आउने वितिकै प्रहरीको भर्ना खोलेर युवाहरुलाई रोजगार दिने उहाँले जानकारी गराउनुभयो ।
आजको युगमा प्राविधिक शिक्षा अनिवार्य जस्तै भएकोले प्रदेश सरकारले परम्परागत शिक्षा भन्दा प्राविधिक शिक्षामा बढी जोड दिएको र सोको लागी प्रदेश सभामा प्राविधिक शिक्षा ऐन समेत लगिसकेको कार्यक्रम मार्फत मुख्यमन्त्री राउतले जानकारी गराउनु भयो।
देशमा चरम बेरोजगारी भएको कारण देशको युवाजनशक्ति खाडी मुलुकको विदेशी भुमिमा आफनो रगत पसिना बगाउन बाध्य भएको प्रति श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले गहिरो दुख प्रकट गर्नुभयो।
विदेशबाट फर्किएका तथा बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न नेपाल सरकारले विना धितो ऋण दिई व्यपार र व्यवसाय गर्न प्रोत्साहन गरिने यादवले बताउनुभयो।
विदेश काम लगाउने बहानामा ठगी गर्ने तथा गैरकानुनी रुपमा मोटो रकम असुल्ने म्यानपावर कम्पनीलाई कडा भन्दा कडा गर्वाही गरिने यादवले बताउनुभयो। नेपाल सरकारले रोजगारीको प्रतिबन्धित गरिएको देशमा मोटो पैसा कमाउने प्रलोभन देखाउने म्यानपावर कम्पनी तथा दलालको फन्दा नपर्न जनमानसमा अपिल समेत गर्नुभयो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…