धनुषामा चिसोले गर्दा शिशु मरे
विनय कुमार यादव जनकपुरधाम, २६ पुस । विगत केही दिनदेखि बढेको चिसो र निरन्तर शितलहरका कारण धनुषामा थप एक बच्चाको ज्यान गएको छ । मृत्यू हुनेमा धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने तिलेश्वर यादवको ४ महिने शिशुको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार साँझ करिब ५ बजेतिर धनुषाको धारापानीबाट मोटरसाईकलबाट नौसय

२०७४ पुस २६ बुधबार, राति १०:२६ बजे१ मिनेट पढाइ

विनय कुमार यादव
जनकपुरधाम, २६ पुस ।
विगत केही दिनदेखि बढेको चिसो र निरन्तर शितलहरका कारण धनुषामा थप एक बच्चाको ज्यान गएको छ ।
मृत्यू हुनेमा धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने तिलेश्वर यादवको ४ महिने शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ करिब ५ बजेतिर धनुषाको धारापानीबाट मोटरसाईकलबाट नौसय विघा (ठाउँको नाम) आउने क्रममा शिशुको मृत्यू भएको जनाइएको छ ।
मोटरसाईकलमा पछाडी बसेकी यादवकी श्रीमति ती ४ महीने शिशु क्रिशियन यादवलाई बोकेकी थिइन ।
जाडोले गर्दा मोटरसाईकलमै बेहोस भएका शिशु यादवलाई उपचारको लागि जनकपुर ल्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।
जनकपुरको जानकी हेल्थ केयर अस्पतालमा शिशुलाई मृत घोषित गरिएको धनुषा उमाप्रेमपुर प्रहरी चौकी इनचार्ज धर्मराज ढकालले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…