सिरहा : बिष्णुपुर गाउँपालिकाले पारित गर्यो ३२ करोड बजेट
न्यूज ब्यूरो, सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । बिष्णुपुरमा सोमबार आयोजित चौथो गाउँसभाबाट आर्थिक वर्ष २०७६ ०७७ को संशोधन सहित ३२ करोड ५१ लाख ८५ हजार ४२० रुपैयाँको बजेट पारित गरेको हो । गत असार २७ मा पारित भएको बजेटलाई चौथो गाउँसभावाट पारित गरि सार्वजनिक गरिएको छ । ग

२०७६ माघ १३ सोमबार, बेलुकी ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ ।
बिष्णुपुरमा सोमबार आयोजित चौथो गाउँसभाबाट आर्थिक वर्ष २०७६ ०७७ को संशोधन सहित ३२ करोड ५१ लाख ८५ हजार ४२० रुपैयाँको बजेट पारित गरेको हो । गत असार २७ मा पारित भएको बजेटलाई चौथो गाउँसभावाट पारित गरि सार्वजनिक गरिएको छ ।
गाउँपालिकाले विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बिष्णुपुर गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन विभिन्न क्षेत्रलाई प्राथमिकता साथ समेटिएको गाउँपालिका अध्यक्ष जागेश्वर यादवले बताए ।
गाउँपालिकाको सर्वांगिन विकासको लागि कुनै कसर बाँकी नराखिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…