मृत्यूको मुखबाट बचेका उमेश १४ वर्षपछि आउँदा सिँगो गाउँ नै रोएपछि...
उमेशले पनि आफूलाई सम्हाल्न सकेनन भने सिँगो टोलका वासिन्दाले नै आफ्नो आँसु रोक्न पाएनन् ।

२०७६ माघ १३ सोमबार, दिउँसो ३:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरेबियाबाट मृत्यूको मुखबाट बचेर आफ्नो घर आएपछि उमेश आफ्ना वृद्ध आमावुवासँग भेटेका छन् ।
स्वदेश फर्किएपछि पनि झण्डै एक सातापछि मात्र आफ्ना परिवारलाई भेट गर्न पाएको छ । विगत १४ वर्षदेखि साउदीको जुबेल जेलमा रहदै आएको तथा फाँसीको सजाय समेत सुनेर बसेका उमेश आज आफ्नो परिवारसँग भेट गरेका हुन् ।
साउदी अरेबियामा मृत्युदण्डबाट बचेर झण्डै १४ वर्षपछि आफ्ना श्रीमति, दुई छोरा र आमावुवासँग भेटेका छन् । आफ्नो घर पुगेलगत्तै उनकी आमा आफूलाई सम्हाल्न सकिनन् भने गाउँ टोलका स्थानीयहरुले समेत आफ्नो आँसु थाम्न सकेनन् । मरिसकेको भन्दै आश समेत मारिकसकेका उनका परिवार र गाउँलेहरु उमेश घर आउँदा एक सपना जस्तै भएको भनेर स्थानीयहरुले सुनाए ।
उमेशले आमावुवालाई १४ वर्षपछि भेट्दा उनले आफूलाई सम्हाल्न सकेनन् । आफ्नी आमा र बुवालाई अँगालो हानेर भक्कानो फोडेर रोए ।
आफ्नो घर आएलगत्तै जसोतसो जीवनयापन गरिरहेकी उनकी आमा र पारालाईज भएका उनका बुवाले समेत आँसु थाम्न सकेनन् भने उनकी आमा पनि उमेशलाई देख्ने वित्तिकै जोडले रुने कराउँदै मुर्छा जस्तै परिन् । सोमबार (आज) अभियन्ता सरोज राय उनलाई लिएर घर पुर्याएका हुन् । नेपाल आएको एकसाता रायले आफू कहाँ नै राखेका थिए भने उनकी श्रीमति, छोराहरु र उनका वृद्ध आमावुवा प्रतिक्षामा रातभरि सुत्न पनि सकेका थिएनन् ।

यसअघि उनकी श्रीमति र दुई छोरा उमेशलाई स्वागत गर्नको लागि जनकपुर एयरपोर्ट (विमानस्थल) मा देख्दा अनियन्त्रित हुन पुगिन् । उनले झण्डै १४ वर्षपछि आफ्नो श्रीमानलाई हेर्न पाउँदा आफूलाई सम्हाल्न सकिनन् । साथै दुई छोरा जोकी एकले उमेशलाई हेरेका पनि थिएनन दुवै जना भावविह्वल बन्यो । एयरपोर्टको माहौल त्यतिबेला भावविह्वल बनेको थियो ।
विहान श्रीमति र छोराहरु तथा अन्य आफन्त भेटेका उमेश अपरान्ह ४ः३० बजे मा आफ्नो घर पुगेपछि उनकी आमा र उनका बुवाले आफूलाई सम्हाल्न सकेनन् । उमेशले पनि आफूलाई सम्हाल्न सकेनन भने सिँगो टोलका वासिन्दाले नै आफ्नो आँसु रोक्न पाएनन् ।
२ वर्षअघि उमेशको बारेमा न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि अभियन्ता रायले त्यस उपर चासो लिएका थिए । अभियन्ता रायले पहल थालेर उमेशलाई उनको गाउँसम्म ल्याएका हुन् ।
(न्यूज ब्यूरो परिवार उमेश यादवलाई बचाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछ ।)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…