धनुषाका होटलहरुमा बालश्रम अझै हटेनन
धेरै जसो होटलमा १२ वर्ष भन्दा मुनिका बालबालिका लाई काममा लगाएको छ ।

२०७६ माघ १३ सोमबार, बिहान ९:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | धनुषा सहित आसपासका क्षेत्रको होटेलहरुबाट बालबालिकाहरुलाई अझै उद्धार गर्न सकिएको छैनन् ।
बाल श्रम अन्त्य गर्ने भनेर सयौं गैरसरकारी संघ–संस्थाहरुले काम गरिरहेका छन्, तर नेपालमा कति बालश्रमिक छन् भन्ने यकिन तथ्यांकपनि उनीहरुसँग पनि छैन ।
सोही क्रममा धनुषाको महेन्द्रनगर बजारमा प्रायः होटलमा बालश्रम गराईदै आएको अव्यवस्था देखिएको छ । धेरै जसो होटलमा १२ वर्ष भन्दा मुनिका बालबालिका लाई काममा लगाएको छ ।
गरिवीको कारण बच्चाहरुलाई होटलमा काम गर्न बाध्य भएपनि उनीहरुलाई उद्धार गर्ने सरोकारबाला निकायले समेत तटस्थ हुन नसक्दा यस्तो अवस्था आएको हो । तर बालिबालिका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था देखि सरोकारवाला हरु होटलमा विभिन्न गोष्ठी गरि पैसा पोकेटमा पैसा हाल्नसम्म मात्र सिमित देखिन्छन् ।
प्रदेश न २ को राजधानी जनकपुरधाम देखि ढल्केवर बिचमा पर्ने धनुषाको दोस्रो ठूलो शहरको रुपमा चिनिने महेन्द्रनगर बजारमा यस्ता अवस्थाहरु अझै वर्तमान छ । होटलमा काम गर्ने बालबालिकाहरु लाई समयमा बिधालयको बाटो देखाउन सके केही हदसम्म न्यून हुने हाल जापानमा अध्यनरत क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने र्ष २७ को आयुश कर्ण बताउँछन् ।
जापानमा अध्ययनरत उनी विदामा आएको बेला खाजा खान एक होटलमा जादा बालश्रम गराएको देखिँदा दुःखित हुन्छन् । त्यो काम गर्ने बच्चालाई यदि विभिन्न संघ संस्था देखि संबंधित ब्यक्ति हरुलाई ध्यानाकर्षण गराउनको लागि कर्णले न्यूज ब्यूरोलाई पहल गर्न आग्रह गरे ।
न्यूज ब्यूरोका महेन्द्रनगर शाखाका पत्रकार बिनय कुमार यादवसँग कर्णले यस्तै अवस्था रहियो भने नेपालमै विकासको कल्पना गर्न नसकिने बताए । “नेपाल सरकारले जुन बालश्रमको मापदण्ड हरु राखिएको छ भन्ने किन लागू गर्दैन ? लागू गर्नु पर्छ गरिबीपनमा बालबालिकालाई श्रम गर्नु बाध्य हुन्छ त्यसले संबंधित व्यक्तिलाई जाग्नुपर्ने अब ।”– उनले भने ।
सोही क्रममा दुधमती युवा क्लब महेन्द्रनगरका अध्यक्ष सतिश झा अहिलेको परिवेशमा बाध्यताका कारण बालश्रम उत्पन्न भएको बताए । बालबालिकाहरुको दैनिक अवस्था अत्यन्त कमजोर भएको कारण तथा कसैको घरमा खान खान समेत सम्स्या हुन्छ , बुवा मृत्यु भएको हुन्छ आमा मात्र हुन्छिन र छोरा बाध्यता बस होटलमा श्रम गर्न बाध्य हुन्छ ।”– उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…