चिनी मिल अगाडी सर्लाहीका किसानहरुले आगो बाले
आम किसानहरूको पैसा भुक्तानी नगर्ने मनसायमा रहेको सिंहले आरोप समेत लगाउनुभयो।

२०७६ माघ ११ शनिबार, राति १०:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । किसानहरूले तोकिएको समयमा भुक्तानी नपाएपछि अन्नपूर्ण चिनी मिलको मुख्य गेटमा टायर बाली प्रदर्शन गरेको छ।
किसानको सबै बाकी बक्यौता रकम माघ ७ गते भुक्तानी गर्ने सहमति भएपनी तोकिएको समयमा भुक्तानी नपाएको आक्रोशित किसानहरु चिनी मिलको मुख्य गेट घेराउ गरि धर्नामा बसेको छ।
चिनी मिलको गोदाममा राखिएको पाँच करोडको चिनी किसानको भुक्तानी नै नगरी धान्धली गर्दै चिनी मिलले प्रहरी प्रशासन लगाएर गोप्य रुपमा मिलबाट लग्न खोज्दा किसानहरु आक्रोशित भएको क्षेत्र न.४ ख को विधायक विरेन्द्र सिंहले बताउनुभयो।
केही दलालहरुको पैसा भुक्तानी गरेर चिनी मिलले आम किसानहरूको पैसा भुक्तानी नगर्ने मनसायमा रहेको सिंहले आरोप समेत लगाउनुभयो।
किसानहरुको बाकी रहेको भुक्तानी नदिएसम्म मिलबाट चिनिको एक दाना लग्न नदिने पीडित किसान चन्दन महतोले बताए। समयमा पैसा भुक्तानी नपाएपछि घर खर्च चलाउन समस्या हुने गरेको महतोले बताउनुभयो ।
समयमा भुक्तानी नपाएको कारण काठमाडौको कठङ्गिएको चिसोमा गरिब किसानहरु विना न्यानो कपडा नाङ्गो खुट्टा लिएर पैसाको भुक्तानीको माग राख्दै आन्दोलन गर्न पुगेको थियो। सरकारले उखुलाई नगदी वालीको सुचीमा राखेपनि सरकारको चरम लापरबाहीको कारण उखु किसान समयमा भुक्तानी नपाएर आत्महत्याको स्थितिमा पुगेको छ।
सरकारले किसानहरूसंग छल गर्दै पाँच बुदे सम्झौता गरि किसानहरूलाई आन्दोलन स्थगित गरेर तराईमा पठाएको थियो। तर किसानहरू तोकिएको अन्तिम समयमा पनि एक सुकी भुक्तानी नपाएपछि किसानहरु थप मर्कामा परेको छ।
किसानहरूलाई कम्युनिस्ट सरकारले पाँच बुँदे सम्झौताको नाममा ठगी गरेको सर्लाही जिल्लाको विशाल आम सभालाई सम्बोधन गर्दै जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सिके राउतले आरोप लगाए।
सरकारले किसानहरुको पैसा समयमा भुक्तानी गर्न चाहेको भए सरकारले आफैं सबै गरिब किसानहरुको पैसा भुक्तानी गरेर साहुसंग ब्याज सहित असुल्न सक्थ्यो तर सरकारले कमिसनको आडमा गरिब उखु किसानहरुलाई मृत्युको मुखमा पुर्याएको आरोप समेत लगाए। कम्युनिस्ट सरकारले आम नागरिकको स्वतन्त्रता सखाप पार्न तथा हरेक क्षेत्रमा कर बढाएर गरिब नागरिकलाई अझ गरिब बनाउन लगेको आरोप समेत लगाउनुभयो ।
मधेसमा पहिलोको तुलनामा गरिबी मुनि रहेको नागरिकको संख्या बढेको विभिन्न अध्ययनले देखाएको छ।
किसानहरुलाई सरकारले हरेक क्षेत्रबाट शोषण गर्दै आएको राउतले बताए। उखु रोप्ने समयमा मलखाद, सिचाइको चरम अभावको सामना गरेको किसानहरूलाई समयमा पैसा भुक्तानी गर्न पनि नसक्दा किसान न घर न घाटको भएको छ।
तराईलाई अन्नको भण्डार भनिएपनि सरकारले किसानहरूलाई समयमा बीउ बिजन मलखाद तथा सिचाइको व्यवस्था गर्न नसक्दा लाखौं हेक्टर खेतीयोग्य भुमि नाङ्गो भइ देशमा बर्सेनि अर्बौंको खाधान्न भारत र चिनबाट आयात गर्नुपरेको छ।
तराईको कृषिमा मात्र नेपालले क्रान्ति गर्न सकियो भने मात्र लाखौं बेरोजगार युवाहरूलाई विदेश पलायनबाट रोक्न सकिन्छ। देशमा काम नपाएर दैनिक सैकडो युवाहरू खाडीमा पुगिरहेको छ।
खाडीको ५० डिग्री भन्दा बढी तापक्रममा युवाहरू रगतलाई पसिना बगाई देशमा पठाएको रेमिटेन्सले देश चलेको छ। दिनहुँ नेपाली जनता बाकसमा बन्द भएर स्वदेश फर्कि रहेको अवस्था भएपनी सरकार संवेदनशिल नभएको राउतको आरोप रहेको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…