उमेशको लागि 'ब्याकुल' उमेशकी आमा !
सोही पहलको परिणाम स्वरुप उमेश यादव झण्डै १४ वर्षपछि नेपालको भूमि टेकेका हुन् ।

२०७६ माघ ११ शनिबार, बेलुकी ७:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । झण्डै १४ वर्षपछि साउदीको जेलबाट रिहा भएर नेपाल फर्केका उमेश यादव अझै आफ्नो आमालाई भेट गर्न पाएको छैनन् ।
फाँसीको सजायबाट उन्मुक्ति पाएका धनुषा कमला नगरपालिका वडा नं. ३ पर्सा बस्ने ३९ बर्षिय यादव झण्डै १४ वर्षपछि नेपाल फर्केर आएको ५ दिन वितिसक्दा पनि अझै आमालाई भेट नगर्दा उनकी आमा ब्याकुल भएकी हुन् ।
छोरालाई १४ वर्षपछि हेर्न पाउने आसा पलाएर दिनभरी उमेशको बाटो कुर्दै अहिले दिन काट्ने गरेकी छिन् । पारालाईसीसको विरामी उमेशका बुवा भोला यादव पनि उमेशलाई हेर्नको लागि ब्याकुल भएको बताउनुभयो । “१४ वर्ष भयो उमेशलाई हेरेको, जब उमेश विदेश जाँदै थियो त्यति बेला केही परसम्म उनलाई विदाई गर्न गएको थिए, त्यो दिनदेखि आजसम्म उनलाई एक नजर हेर्नको लागि आँखा पनि ब्याकुल नै भएको छ ।”– उमेशका बुवाले भन्नुभयो ।
उमेशसँग घटना भएदेखि केही दिन मात्र उमेशको आमाबुवा सँग बसेकी उमेशकी श्रीमति समेतले समय नदिएपछि उमेशका आमाबुवाको जीवन कष्टकर हुँदै आएको छ । वृद्ध उनको आमावुवा अहिले पनि आफैं भान्छा पकाएर खानुपर्ने बाध्यता छ । “उमेश गएदेखि बुहारी केही दिन मात्रै बसीन यहाँ, त्यसपछि महेन्द्रनगर नै गएर बसीन, १३ वर्षदेखि आफैं जसोतसो भान्सा पकाएर खान्छु, कुनै दिन विरामी पर्दा भोकै सुत्छु ।”– उनकी आमाले दुःखेसो सुनाउनुभयो ।
न्यूज ब्यूरोको समाचार प्रकाशित भएपछि देशव्यापी रुपमा मात्र होईन की विदेशबाट समेत उमेशलाई फाँसीबाट जोगाउन र नेपाल ल्याउन पहल भएको थियो । सोही पहलको परिणाम स्वरुप उमेश यादव झण्डै १४ वर्षपछि नेपालको भूमि टेकेका हुन् ।
नेपाल फर्के लगत्तै एनजिओकर्मी सरोज रायले उनलाई काठमान्डौंमै राख्दै आएका छन् । साउदीबाट आएलगत्तै उमेशको स्वास्थ्यमा गडबडी भएको भन्दै चेकजाँच गराउने भन्दै काठमान्डौंमा राख्दै आएका छन् । उमेश भोली (आईतबार) जनकपुर आएर श्रीमति तथा दुई छोराछोरीसँग भेटघाट गरी बस्ने योजना रहेको जनाइएको छ । त्यसपछि सोमबार मात्र उमेश आफ्नो पैतृक गाउँ आमावुवा समक्ष आउने बुझिएको छ ।
यता, छोरा नेपाल आएपनि अहिलेसम्म उमेश घर नआएको भन्दै उनकी आमा उनकै बाटो कुरेर बसेकी छन् । पारालाईज (हावा मारेको) उनका बुवा समेत रुदैं उनको प्रतीक्षामा व्याकुल भएको बताउनुभयो ।
उमेशलाई आफ्नै घरमा स्वागतको लागि एनजिओकर्मी (अभियन्ता) रायले उनका आमावुवालाई फूलमाला, अबिर, टेन्टको व्यवस्था, लाउडस्पीकरको व्यवस्था गरि राख्न भनेपछि उनका वृद्ध आमावुवा अहिले तयारीमा जुटेका हुन् । छोरालाई १४ वर्षपछि हेर्न पाउने ब्याकुलता र आसाले बुढो शरिर पनि चल्न थालेको छ ।
न्यूज ब्यूरोद्धारा उमेशको पहिलो समाचार :
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…