सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट हुनैपर्छ : विद्यार्थी जनमत संघ
धनुषा सहित आसपासका जिल्लाहरुमा यातायात व्यावसायीहरुले कार्यन्वयन भने गरेका छैनन् ।

२०७६ माघ १० शुक्रबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी जनमत संघले सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको नियम कार्यन्वयन गर्न माग गरिएको छ ।
नेपाल सरकारले विद्यार्थीका लागि यातायातको भाडादरमा गरेको सहुलियत धनुषामा अझैसम्म कार्यान्वयनमा नआएको भन्दै संघ धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको हो ।
संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितले बुधबार प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेललाई सो ध्यानाकर्षण पत्र बुझाएका छन्।
विद्यार्थीलाई यातायातमा सहुलियत स्वरुप सरकारले उपलब्ध गराउने भनिएको ४५ प्रतिशत छुट अझैसम्म धनुषाका यातायात व्यवसायीहरुले कार्यन्वयन नगरको ज्ञापन पत्रमा उल्लेख छ ।
यसका साथै, विद्यार्थीहरुमाथि यातायातमा भईरहेको अपमान, गाली बेइज्जतिलाई नियन्त्रण गर्न समेत ध्यानाकर्षण गराइएको छ भने यातायातमा बज्ने गरेको अश्लिल गीतसंगीत नियन्त्रण गर्न पनि माग ज्ञापन पत्र मार्फत गरिएको छ ।
विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष नविन पण्डित, उपाध्यक्ष ज्ञानेन्द्र कुमार दास र विद्यार्थी नेता शिव यादव समेतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
सरकारले लागू गरेको विद्यार्थीहरुलाई छुट सुविधा धनुषा सहित आसपासका जिल्लाहरुमा यातायात व्यावसायीहरुले कार्यन्वयन भने गरेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…