राष्ट्रिय सभा चुनावः राजपाका मृगेन्द्र कुमार सिँह विजयी !
यता, समाजवादीका तर्फबाट उम्मेदवारी दिएका अनिरुद्धकुमार सिंह पराजित भएका हुन् ।

२०७६ माघ ९ बिहीबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा १ पदको लागि भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिँह (यादव) विजयी भएका छन् ।
राजपा–नेकपा गठबन्धनको तर्फबाट राजपाका सिँह अन्य समुह तर्फबाट ८ सय ८८ मतान्तरले विजयी भएका हुन् ।
यता, समाजवादीका तर्फबाट उम्मेदवारी दिएका अनिरुद्धकुमार सिंह (यादव) पराजित भएका हुन् ।
मृगेन्द्र र अनिरुद्ध भाई–भाई हुन् ।
निर्वाचन अधिकृत राजु कुमार खतिवडाका अनुसार प्रदेश नं. २ को लागि ४ सिटको लागि निर्वाचन सम्पन्न भएकोमा ३ सिटको मतगणना सम्पन्न हुँदै विजयी समेत घोषित गरिएको हो भने अब मात्र एक सिटको लागि मतगणना अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
एक सिटको लागि अल्पसँख्यक तर्फबाट मात्र बाँकी रहेको छ । ४ सिटको लागि राजपा–नेकपाले गठबन्धन गरेको छ भने यता समाजवादी पार्टी र काँग्रेस गठबन्धन गरेको हो ।
अल्पसंख्यक १ पदको लागि नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…