राष्ट्रियसभा चुनाव: प्रदेश २ मा नेकपाले खाता खोल्यो !
प्रदेश २ मा राष्ट्रियसभाका चार सदस्यका लागि भएको निर्वाचनमा ८ जनाले उम्मेदवारी प्रतिस्पर्धामा छन्।

२०७६ माघ ९ बिहीबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज (विहिबार) सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको चुनावमा प्रदेश नं. २ बाट नेकपा–राजपाका गठबन्धनको विजयी सुरुवात भएको छ ।
प्रदेश २ बाट महिला कोटा तर्फ दुई जना उम्मेदवार मध्ये नेकपा–राजपाको गठबन्धनले पहिलो जीत हाँसिल गरेको हो । नेकपाको तर्फबाट महिला कोटामा उम्मेदवारी दिनुभएकी तुलसा दाहाल विजयी हाँसिल गरेकी हुन् ।
महिला, दलित, अल्पसंख्यक र अन्य लगायत चार पदको लागि भएको चुनावमा सुरुमा महिलातर्फको मतगणना सम्पन्न भएको छ।
दाहाल कुल ५ हजार २ सय ८ मतभार प्राप्त गर्दै ४ सय ६८ मतान्तरले विजयी भएकी हुन् । दाहालले संघीय समाजवादी पार्टी र नेपाली काँग्रेस गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएकी काँग्रेसकी नगिना यादवलाई पराजीत गरेकी हुन् । यादवले ४ हजार ७ सय ४० मतभार प्राप्त गरेकी हुन् ।
प्रदेश २ मा राष्ट्रियसभाका चार सदस्यका लागि भएको निर्वाचनमा ८ जनाले उम्मेदवारी प्रतिस्पर्धामा छन्। निर्वाचनमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी उम्मेदवारी दिएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…