प्रहरी जवान रँगेहात पक्राउ परेको २४ घण्टा नबित्दै सई पनि तनिए
ईलाका प्रहरी कार्यालय सुखीपुरमा राम कुमार यादवलाई पठाएको छ ।

२०७६ माघ ९ बिहीबार, बेलुकी ५:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । बुधबार मात्र सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि २४ घण्टा नबित्दै प्रहरी नायव निरीक्षक (सई) राजन थापालाई समेत जिल्ला फिर्ता बोलाएको छ ।
बुधवार बिहानै ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवले भारतबाट समान ल्याउन सेटिङ्ग मिलाई दिने भन्दै ५ हजार रुपैयाँ घुस लिदै गरेको बेला रँगेहात पक्राउ परेको थियो ।
यो पनि पढनुहोस् : सिरहामा ५ हजार घुससहित प्रहरी जवान अख्तियारको फन्दामा
सोही विषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरीक्षक राजन थापालाई घटनाको २४ घण्टा नबित्दै जिल्ला प्रहरी कार्यालय सिरहाले फिर्ता बोलाएको छ भने ईलाका प्रहरी कार्यालय सुखीपुरमा राम कुमार यादवलाई पठाएको छ ।
एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिएर बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयमा लगेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…