सिरहामा ५ हजार घुससहित प्रहरी जवान अख्तियारको फन्दामा
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट एक प्रहरी जवान घुस रकमसहित रंगेहात अख्तियारको फन्दामा परेका छन् । सिरहाको सुखीपुरबजारबाट व्यापारीसँग घुस लिएको आरोपमा ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव पक्राउ परेका हुन् । बुधबार बिहानै उनलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले प

२०७६ माघ ८ बुधबार, बिहान ११:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट एक प्रहरी जवान घुस रकमसहित रंगेहात अख्तियारको फन्दामा परेका छन् ।
सिरहाको सुखीपुरबजारबाट व्यापारीसँग घुस लिएको आरोपमा ईलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव पक्राउ परेका हुन् । बुधबार बिहानै उनलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । भारतीय बजार लदनियाँबाट समान ल्याउन मद्दत गरिदिने भन्दै यादवले व्यापारीसंग घुस लिएको बताइएको छ ।
पक्राउ परेका प्रहरी जवान यादवलाई अख्तियारको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास लगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…