अफवाहमा ध्यान नदिनुस् : पूर्वमन्त्री मातृका
समाचार लेख्दा सम्बन्धितपक्षको भनाई सहित तथ्यपरक समाचार लेख्न पत्रकारलाई पनि आग्रह गरेका छन् ।

२०७६ माघ ९ बिहीबार, दिउँसो १:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका नेता एवम् पूर्व आपूर्ति मन्त्री मातृका प्रसाद यादवले विभिन्न सँचारमाध्यमहरुमा आएको भ्रामक समाचारप्रति ध्यान नदिन आग्रह गर्नुभएको छ ।
आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रकाशित भएको भन्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेको यादवले आपत्ति जनाउँदै त्यस्ता भ्रामक समाचारहरु प्रति ध्यान नदिन तथा विश्वास नगर्न आग्रह गर्नुभएको हो ।
काठमान्डौंबाट सँचालित एक अनलाइन पत्रिकाले प्रकाशित गरेको समाचारमा कुनै सत्यता नरहेको भन्दै उनले यस्तो अफवाह फैलाउनेहरुबाट सचेत रहन आमपार्टी पङित तथा समर्थक शुभचिन्तकहरुलाई आग्रह गर्नुभएको हो ।
नेता यादवले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा दुई नम्बर प्रदेशमा नेकपा र राजपाबीच भएको चुनावी गठबन्धनलाई सफल पार्न आफु कार्यक्षेत्रमै रहेको बेला पूर्वाग्रह रुपमा एक अनलाइनले प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार झुटो तथा कपोलकल्पीत रहेकोले बताउनुभएको छ ।
साथै उनले समाचार लेख्दा सम्बन्धितपक्षको भनाई सहित तथ्यपरक समाचार लेख्न पत्रकारलाई पनि आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…