बहसमा किन चुक्छन युवा ?
युवा जनसंख्या मध्ये आधा बढि त बिदेशमा बसेर रेमिट्यान्स भरेर देशलाई पालिरहेका छन् ।
२०७६ माघ ७ मंगलबार, राति ८:५६ बजे२ मिनेट पढाइ

नेपालि युवा पुस्तामा बहस भन्ने नाम सुन्ने बित्तिकै मुख न्यउरो हुने गर्दछ र चिन्तित तुल्याउछ । त्यो किन भने पनि बहसको पैरवी बारे न विधालयले सिकायो न त समाजले नै केवल एकदिसा तर्फमात्र निर्दिष्ट गर्यो ।
विधालयले बहसका माध्यमबाट बिधार्थीलाई निर्दिष्ट गर्नुको सट्टा किताबका काला अक्षर रटायो र त्यसको व्यख्या मात्र सिकायो कतिपयमा त गाईड र नोटले बिधार्थीलाई अड्कलबाजीमा सिमित तुल्याएको तितो सत्य त हामि सबैमा अवगत नै छ । नेपालि पुस्ता बिच यस्तो अवस्था देख्दा निकै घोत्लिने गर्छु म किनकि जहाँ युवालाई सम्बाहकको नामाकरण गरिएको छ त्यहाँ निरास सम्भावनाहरु मात्र थाति छन् । युवालाई केहिले जोहोरिमा लगाएका छन् भने नेपालि राजनीतिक कुसंस्कारले गर्दा राता(रात ूयुवा नेताू तुल्याएको पनि सत्य घटना जगजाहेर छ ।
जब युवालाई पछाडिबाट पढिन्छ त्यहाँ वायु शब्दावली बन्छ अर्थात कुरा प्रष्ट छ युवा वायु सरहहुन उनिहरु कर्मठ छन, होनहार छन तर विडम्बना समाजको संक्रिण सोचबाट थिचिएका छन् ।त्यो किन भनेर सोधिन्छ भने मैले जहिले भन्ने गरको छु युवामाझ स्वयंमा प्रतीकात्मक क्षमता को कमिहुनु हो । देशको आधा हिस्सा युवाले ओगटेको छ ।
जहाँ ४०.३५ प्रतिशत कुल जनसंख्या मध्ये छन् । अहिलेको अवस्थामा सबभन्दा बढि युवालाई देशमा रोक्न सकिएन भने सोचेको र ओगटेको समृद्धि हासिल हुदैन र दस वर्षमा देश थप ओरालो लाग्ने प्रष्टै देखिन्छ । तितो सत्य त के छ भने देशको युवा जनसंख्या मध्ये आधा बढि त बिदेशमा बसेर रेमिट्यान्स भरेर देशलाई पालिरहेका छन् ।
जहाँ सबै भन्दा बढि विदेशिने धनुषा , महोत्तरी र सिरहा कै हुन् । देशमा बढ्दै गरेको महंगि तथा बेरोजगारिले हरेक युवालाई ड्रिपेस गरेको छ । देशमा अबसर खोज्दा खोज्दै कोहि बुढा भइसके कसैको आशा मरिसकेको छ भने गरिबिले थप थिचिरहेको छ । नेपालमा अहिले पनि १८५ मानिस मासिक छ हजार भन्दा कम आम्दानि गर्नेमा पर्दछन् ।
तथापि सरकारले न तिनकालागि एकसरो कपडा, शिक्षा, न स्वास्थ्य सेवा नै उपलब्ध गराउन सकेको छ । विडम्बना यस्ता कुराले गर्दा साठ्ठि हजार मानिस पहुँच बिहिन पनि छन् ।
आखिर किन रोकिदै छ युवालाई शसक्तिकरण गर्नबाट ? किन गरिबका विश्वविद्यालय धराप बनाइयो ? किन मतिहा लगाएर युवालाई रोजगारीको नाममा ठगिदै छ ? किन कुनै सामान्य नागरिकले सहज स्वास्थ्य सेवाको प्रत्याभूत गर्न सकेको छैन ? आखिर किन सरकार टुलुटुलु हेरेर मात्र बसेको छ ? यसकै उत्तरका निम्ति आम युवाहरु एकजुट हुन जरुरि छ । प्रश्नको जवाफ खोज्न तमतयार हुनुपर्छ । यि सबैको उत्तर बहसकै माध्यमबाट गर्न सकिने छ । प्रश्न गरौ !!
(दिवाकर उप्रेति
युवा अभियान्ता
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Diwakar Uprety
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…