बलात्कार आरोप गाउँपालिकाका 'सचिव' पक्राउ
खोतजतलास गर्दै जाँदा सोमबार गाउँघरमै लुकाई छिपाई बसेको अवस्थामा पक्राउ गरिएको हो ।

२०७६ माघ ७ मंगलबार, बेलुकी ७:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलात्कार (जबरजस्ती करणी) को आरोपमा बारा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।
गत आईतबार दिउँसो करिब २ः०० बजेको समयमा बाराको देवताल गाउँपालिका बस्ने एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । अन्दाजी ३२ बर्षिय उक्त महिला आफ्नो घरबाट गोठ घरतर्फ शौचको लागिगोठ नजिकै रहेको उखुबारीमा शौच गरिरहेको बेला त्यही अवस्थामा बाराको देवाताल गाउँपालिका वडा नं. ६ रौवाही टोल घर भई हाल देवाताल गाउँपालिकाका सचिव समेत रहका ४५ बर्षिय बलिराम मण्डलले बलात्कार गरेको आरोप लगाइएको छ ।
प्रहरीले जनाए अनुसार मण्डलले ती महिलालाई एक्कासी पछाडीबाट जवरजस्ती समाती मुख थुनी बोल्न कराउन उम्कन समेत नदिई ज्यान मार्ने धाक धम्की देखाई उखुबारी भित्र लगेर जवरजस्ती करणी गरेको उजुरी गरेपछि पक्राउ गरिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले सचिव मण्डललाई खोतजतलास गर्दै जाँदा सोमबार गाउँघरमै लुकाई छिपाई बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका मण्डल उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम जवरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…