समाजवादी मजदुर संघ धनुषामा 'ठाकुर'
शहिदहरु प्रति १ मिनेट मौनधारण ज्ञात आज्ञात शहिदहरु प्रती मौनधारण गरिएको थियो ।

२०७६ माघ ७ मंगलबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्युज ब्युरो, जनकपुरधाम । संघीय समाजवादी पार्टी नेपाल निकटको मजदुर संगठन समाजवादी फर्निचर मजदुर संघ धनुषाको ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
सोमबार सम्पन्न बैठकबाट अध्यक्षमा श्याम ठाकुर बडहीलाई चयन गरिएको हो । समाजवादी मजदुर संघको धनुषा जिल्ला समिति गठन लागि नेपाल समाजवादी फनिर्चर मजदुर संघका केन्द्रिय सद्स्य डिग बहादुर बिश्वकर्माको अध्यक्षतामा तथा नेपाल समाजवादी फर्निचर मजदुर केन्द्रिय अध्यक्ष बल बहादुर भुजेलको प्रमुख अतिथिमा भएको प्रमुख अतिथ्यिमा सम्पन्न बैठकबाट ठाकुरलाई अध्यक्षको रुपमा चयन गरिएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै भूजेलले फर्निचर मजदुरहरुको हकहित र अधिकारको लागि सदैव तत्पर रहने बताउँदै अधिकारकै लागि लडने प्रतिवद्धता व्यक्त गर्नुभयो । समितिको उपाध्यक्षमा शुक्रे गजमेर , सचिवमा मनोज कुमार बिश्वकर्मा , सह सचिवमा आशिक कुमार ठाकुर , कोषाध्यक्षमा नवराज पोख्रेललाई चयन गरिएको छ भने सदस्यहरुमा रँजित कुमार ठाकुर ,राज मान बि क , राजकुमार ठाकुर , राम ह्र्दय ठाकुर बरही सहित सल्लाहकारमा डिक बहादुर कामी , रुपौनी कामीलाई चयन गरिएको हो ।
कार्यक्रममा बिशिस्ट अतिथि को तर्फबाट नेपाल समाजवादी अटो इन्जिनियरिङ मेकिनिक संघ केन्द्रिय अध्यक्ष जगदीश महतोले मजदुर लागि संगठन आवश्यक रहेको बताउँदै परेको सम्स्या एक अर्कामा सह्य्योग गर्न सक्ने तथा त्यसको लागि संगठ्न आवश्यक रहेको बताउनुभयो ।
बिशिस्ट अतिथी नेपाल समाजवादी ट्रेड युनियन प्रदेश २ सचिव उदयचन्द्र मिश्र ने. स. अटो मजदुर केन्द्रिय कोषाध्यक्ष राजेश साह , गोपाल श्रेष्ठ लगायतको सहाभागिता थियो । शहिदहरु प्रति १ मिनेट मौनधारण ज्ञात आज्ञात शहिदहरु प्रती मौनधारण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…