एक वर्षमा २५ हजार युवालाई रोजगारी दिन्छौं : कानुनमन्त्री यादव
कार्यक्रममा युवा अभियन्ता कैयुम राईनलाई सम्मान समेत गरिएको थियो ।

२०७६ माघ ६ सोमबार, बेलुकी ५:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रत्येक वर्ष २५ हजार युवालाई रोजगारी दिने बताउनुभएको छ ।
युथ एडभोकेसी नेपालको आयोजना तथा युथ नेटवर्क सोसाईटीको सह–आयोजनमा जनकपुरमा सम्पन्न एक दिने युवा बहस कार्यक्रममा मन्त्री यादवले प्रदेश नं. २ का युवाहरुको लागि रोजगारी सृजना गर्दै एक वर्षमा २५ हजार युवकलाई रोजगारी दिने प्रदेश सरकारको नीतिबारे प्रकाश पार्नुभयो । उहाँले निकट भविष्यमै युवा रोजगारी कार्यक्रमलाई मूर्तरुप दिने बताउनुभयो ।
माई वल्ड २०३० र ओरेक नेपालको सहकार्यमा सम्पन्न भएको दोस्रो युवा बहसमा विभिन्न निकायका व्यक्तिहरुले आ आफ्नो धारणा राखेका थिए । सोही क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कानुनमन्त्री यादवले प्रदेश सरकारले रोजगारी कार्यक्रममा यहाँका युवाहरुलाई लगाउने नीति निर्माण भईरहेको बताउनुभयो ।
उहाँले सुशासन र त्यसमा युवाको भुमिका बारेमा प्यानललिष्टको रुपमा प्रस्तुत हुनुभएको थियो । युथ एड्भोकेसि नेपालको सदस्य दिवाकर उप्रेतिको अध्यक्षतामा भएको युवा बहस कार्यक्रममा युथ एड्भोकेसिका कोषाध्यक्ष गणेश धामिले युवा देश बिकासका सम्बाहक भएको बताउँदै उनीहरुलाई बहसका माध्यमबाट शसक्तिकरण गर्नुपर्ने तथा यस्ता बहसले युवालाई थप जागरुकता ल्याउनुका साथै युवाहरु बैचारिक बहसमा उत्रिने औल्याउनुभयो ।
कार्यक्रममा बोल्दै ओरेक नेपालकी रोजनि रानाले यस्ता बहसले गर्दा देश र समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै बहसमा संलग्नता रहने हरेक युवा सचेत समेत हुन गरेको बताउनुभयो । साथै उहाँले अहिले बढ्दै गएको महिला हिंसा विरुद्धको पनि बहस आवश्यक रहेको तथा त्यसको नेतृत्व युवा वर्गले स्वयम गर्नुपर्ने थप्नुभयो ।
कार्यक्रमका सभाअध्यक्ष तथा युवा अभियन्ता दिवाकर उप्रेतीले देशले कोल्टे फेर्ने बेला आईसकेको बताउँदै अहिले युवा वर्गको सहि मुल्यांकन नगरे देशले ठुलो क्षति व्यहोर्नु पर्ने समेत बताउनुभयो । उहाले युवावर्गलाई नितिगत तहमा अर्थपूर्ण सहभागिता समेत गराउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।
नेपाल बार एसोसिएसनसंग आवद्ध तथा कुशल कानुन व्यवासायी (वकिल) सुदिप कोइरालाले युवा बहसमा तथा समाजको लागि युवाको जागरुकता, कानुनहरुबारे प्रकाश पार्नुभएको थियो । उहाँले विभिन्न क्षेत्रमा युवाहरुको आवश्यकता र कानुनी प्रक्रियाहरुबारे बताउनुभएको थियो । त्यसबहसलाई सहजकर्ताको भुमिका संचारकर्मी सुरेस यादवले गर्नुभएको थियो । संगै बहसमा सुचनाको हक सम्बन्धीमा सहजकर्ता उप्रेती संगै प्यानललिष्ट तर्फ पत्रकार शैलेन्द्र महत्तो , प्रदेश २ का मुख्यमन्त्री कार्यलयका सुचना अधिकारी रुपेस साह र नागरिक समाजबाट डा. उदेश्वर लाल कर्णको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा अभियन्ता कैयुम राईनलाई सम्मान समेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…