जनकपुरःसुनचाँदी खरिदको नाममा ठगी गर्ने आमा–छोरा पक्राउ !
उनीहरूमाथि ठगी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भैरहेको यदुकूहाका इन्चार्ज केसीले बताए ।

२०७६ माघ ६ सोमबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न सुनचाँदी पसलहरुबाट सुनचाँदी खरिद गर्ने बहानामा ठगिएको आरोपमा आमा छोरालाई ईलाका प्रहरी कार्यलय यदुकूहाले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका वडा नं ७ स्थित तारापट्टी बस्ने अन्दाजी ४० वर्षीय उषा देवी चौधरी र उनकी १९ वर्षीय छोरा सोनु कुमार चौधरी रहेका छन् । उनीहरू धनुषाको यदुकूहामा रहेका अमन ज्वेलर्स र नगराई नगरपालिका २ का संजय ज्वेलर्सबाट उधारोको बहानामा सुनचाँदी ठगिएको आरोपमा पक्राउ परेका हुन् ।
विभिन्न सुन पसलहरुबाट सुनचाँदी खरिद गर्ने बहाना बनाई पसल संचालकहरुलाई झुक्याएर बिश्वासमा पारी सम्पर्क नम्बर छाडी उधारो लिएर लामो समयसम्म सम्पर्कविहीन भएपछि ज्वेलर्सका संचालक आफू ठगिएको महसुस भएपछि उनीहरू विरुद्ध इलाका प्रहरी कार्यालय यदुकूहामा किटानी जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी निरीक्षक (इन्चार्ज) दिपक बाबू केसीले बताए ।
पीडित पसल संचालकले दिएको सम्पर्क नम्बर, हुलिया र सिसिटिभी फुटेजको आधारमा प्रहरीले तत्कालै खोजी कार्यमा तिब्रता दिदा उनीहरूलाई धनुषाको तारापट्टीका आफ्नै घरमा बसिरहेका अवस्थामा पक्राउ गरि ल्याएको इन्चार्ज केसीले जनाइएको छ ।
पक्राउ परेका उषा देवी चौधरीले विभिन्न सुनचाँदी पसलमा गई नजिकै नाम चलेका प्रतिष्ठित व्यक्तिको श्रीमती हुँ भन्दै छोराछोरीको विवाह लगायतका बहाना बनाई सुनचाँदी गहना उधारोमा लिने गरेकी बताइएको छ । उनले अरु गहना लिने भनेर प्रलोभनमा पार्दै अडर दिई अडरको गहना लिन आएको बखत सम्पुर्ण रकम दिने भनी आफ्नो सम्पर्क नम्बर छाडी सम्पर्कविहीन भएपछि खोजतलासको क्रममा पक्राउ परेको प्रहरी इन्चार्ज केसीले जनाइएको छ ।
उनीहरूले अमन र ज्वेलर्स र संजय ज्वेलर्सबाट करिब १ लाख ३९ हजार बराबरको सुनचाँदीको गहना ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अभियुक्त घरबाट मंगलसुत्र एक थान,सुनको कानमा लगाउने टप दुईवटा,नाकमा लगाउने सुनको टुकी एउटा,चाँदीको पाउजु दुईवटा र हातमा लगाउने चाँदीको ब्रास्लेट दुईवटा बरामद भएको हो । उनीहरूमाथि ठगी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भैरहेको यदुकूहाका इन्चार्ज केसीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…