अमृत युनिभर्सल रिलिफ टिमद्धारा ब्लान्केट सहित भोजन
आ-आफ्नो ठाउँबाट परेकाहरुलाई समयमा सहयोग गर्न सक्नुपर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

२०७६ माघ ५ आइतबार, बिहान १०:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शनिवार धनुषाधाम नारपालिकामा आनन्द मार्ग प्रचार संघ नेपाल धनुषा शाखा किसानपुर युनिट (अमृत युनिभर्सल रिलिफ टिम) द्वारा मोटो ब्लान्केट सहित भोजन समेत गराए ।
धनुषाधाम नगरपालिका भरिका अपांग, गरिब , एकल महिला , बिपन्न पारिवार जस्ता लाई छ्नौट गरि १ सय ३० घर परिवारमा आनन्द मार्ग आश्रम किसानपुरमा चिसो मैसममा न्यानो माया स्वरुप ब्लान्कैट वितरणका साथै एक छाक भोजन समेत गराएको छ ।
चक्र बहादुर बिश्वक्रमाको सभापतित्व तथा धनुषाधाम नगरपालिकाकी नगर उप प्रमुख बिध्या देवि भुजेलको प्रमुख आतिथ्यमा नगर भरिबाट अति विपन्न, एक महिला, गरिबलाई बोलाएर न्यानो कपडा सहित भोजन गराइएको थियो । चिसोका कारण मोटो कपडाको अभाव भएर कठयाँग्रिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सो कार्यक्रम गरेको हो ।

“यो संस्था समाजको हितमा काम गर्ने संस्था हो , यस्ता संस्था लाई हामिले सहयोग गर्नु पर्ने हो । मलाई निकै खुसी लाग्यो यस्तो चिसो मौसमा न्यानो माया स्वरुप कमबल बितरण साथै सहभागीहरुलाई भोजन गराएकोमा धन्यवाद समेत दिन चाहन्छौ, यस नगरपालिकाका अपांग लगायत विभिन्न सहभागी लाई हामी नगरपालिकाबाट पनि प्राथमिकता दिए कार्यक्रम छुट्टाउने बिश्वास दिलाउन चाहन्छु ।” – उपप्रमुख भुजेलले भन्नुभयो ।
धनुषाधाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बिनोद दिप लामाले विशिष्ट अतिथिको आसनबाट बोल्दै समाजमा अहिले पनि सहयोगि हातको कमि नरहेको बताउँदै आफ्नो सोच परिवर्तन गरी आ-आफ्नो ठाउँबाट परेकाहरुलाई समयमा सहयोग गर्न सक्नुपर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथी आरएस नेपाल आचार्य सर्वाभागानन्द अवधुत , समाजसेवी अम्बिका बिश्वकर्मा , सिताराम यादव , शिक्षक एवं आनन्द मार्गी तेजनारायान यादव , सुनिता यादव , महेश यादव लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…