सर्लाहीको यी प्रसूति गृह स्थानीयहरुको लागि 'वरदान' साबित
सुत्केरी गराएर फर्कने महिलालाई एक थान बैबी पैकेट सेट पनि उपलब्ध गराउने सापकोटाले बताउनुभयो।

२०७६ माघ ४ शनिबार, बेलुकी ७:१६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाको बिष्णु गाउँपालिकामा संचालित सिमरा प्रसुति गृह अति विपन्न गरिब तथा दलित समुदायका गर्भवती महिलाहरूको लागि वरदान सावित हुन पुगेको छ।
अधिकांश अति विपन्न दलित समुदायको मानिसहरूको बस्तीमा संचालित सिमरा प्रसुति गृहबाट भारी संख्यामा गरिब, दलित महिलाहरू प्रसुति सेवाबाट लाभान्वित हुन पुगेको छ। आर्थिक वर्ष २०७६÷०७६ सुरु भए यता २ सय ६६ भन्दा बढी गर्भवती महिलाहरु प्रसुति सेवा लिएको सिमरा प्रसुति गृहमा कार्यरत महिला स्वास्थ्यकर्मी तुलसा खनालले बताउनुभयो।
यस प्रसुति गृहमा बिष्णु गाउँपालिकाको साथै अन्य पालिका गोडैता नगरपालिकाको बहादुरपुर, जयपुर, पिपरनाथ, सिमरा भगवतीपुर, कौडेना गाउँपालिकाको सक्रौल, सुपचैना, मंलगवा नगरपालिकाको मुसौली तथा भारत विहार राज्यको सितामढी जिल्लाको सिमाना नजिक पर्ने भारतीय गाउँहरुबाट पनि गर्भवती महिलाहरु प्रसुति सेवा लिन आउने गरेको स्वास्थ्यकर्मी संजिव सापकोटाले बताउनुभयो।
सुत्केरी सेवा लिन आउने महिलाहरूलाई एक हजार यातायात खर्च, तीन किलो चना अथवा एक कैरेट अण्डा, एक थान झुल र एक सेट नवजात शिशुको कपडा दिने गरेको स्वास्थ्यकर्मी सापकोटाले बताउनुभयो। यहि माघदेखि ४ महिनाको गर्भवती जाँच गराउन आउने महिलालाई एक किलो चना, ६ महिनाको गर्भवती महिलालाई एक किलो भटमास तथा ९ महिनाको गर्भवती महिलालाई एक किलो चना दिनुको साथै सुत्केरी गराएर फर्कने महिलालाई एक थान बैबी पैकेट सेट पनि उपलब्ध गराउने सापकोटाले बताउनुभयो।
माघ ३ गते देखि सिमरा स्वास्थ चौकीले निशुल्क सुरक्षित गर्भपतन सेवा पनि सुरु गरेको स्वास्थ्यकर्मी तुलसा सुवेदीले बताउनुभयो। सिमरा प्रसुति गृहमा सात वटा महिला नर्स रहेको तथा चारजना नियमित रुपमा खटिएको बताउनुभयो। बच्चा उल्टो, जुम्ल्याहा भएको, शल्यक्रिया गर्नुपर्ने तथा विशेष खालको उपचार गराउने खालको गर्भवती महिलालाई मात्र जिल्ला अस्पतालमा रिफर गर्ने गरेको स्वास्थ्यकर्मी तुलसा खनालले बताउनुभयो।
सुरुमा यो प्रसुती गृहमा आउँदा स्थानीय गर्भवती महिलाहरू घरमै सुत्केरी गराउने गरेको महिला स्वास्थ्यकर्मी तुलसा खनालले बताउनुहुन्छ। न्यूज ब्यूरोसंग कुराकानी गर्दै प्रसुती गृहमा गएर सुत्केरी गराउने मानसिकता विकास नभएको तथा यहाँका स्थानीय महिलाहरू घरमै चमार जातको चमैन बृद्ध महिलाबाट सुत्केरी गराउने गर्थ्यो।
घरमा सुत्केरी गराउँदा आमा र शिशुमा नयाँ(नयाँ किसिमको रोगको महामारी फैलिनुको साथै आमा र शिशुको मृत्यु हुने सम्भावना पनि उच्च हुने गरेको स्वास्थ्यकर्मी खनाल बताउनुभयो। मधेसी समुदायको अधिकांश घरमा परालमा सुत्केरी गराउने हुँदा आमा र शिशु दुवैमा ब्याक्टेरिया तथा रोग सर्ने सम्भावना पनि प्रबल हुन्छ।
गाउँको चमैन तालिम प्राप्त दक्ष नभएको कारण विशेष उपचार गराएर सुत्केरी गराउने महिलाको आमा र शिशु दुवैको मृत्यु हुने गरेको स्वास्थकर्मी तुलसा खनाल बताउनुभयो। त्यसैले मधेसमा शिशु मृत्युदर तथा मातृमृत्युदर उच्च रहेको छ।
गर्भवती महिलाहरुलाई प्रसुति गृहमा सुत्केरी गराउन ल्याउनको लागि हामी स्वास्थ्यकर्मीको एक टोलि लिएर गाउँपालिकाको प्रत्येक गाउँहरुमा गएर महिलाहरुलाई विभिन्न किसिमको जनचेतनामुलक कार्यक्रम गरि घरमा सुत्केरी गराउँदा शिशु र आमाको हुने जोखिम बारे जानकारी गराउदा अहिले आएर स्थानीय स्तरमा पनि प्रसुति गृहमा गएर नै सुत्केरी गराउने मानसिकता विकास भएको तथा प्रसुति गृहमा आएर सुत्केरी गराउने महिलाको संख्यामा उल्लेखनीय वृद्धि भएको स्वास्थ्यकर्मी तुलसा खनाल बताउनुहुन्छ।
मधेसी महिला गर्भवती भएको बेला लिनुपर्ने पौष्टिक आहार लिइ रहेको छ कि छैन भनी सोधिएको प्रश्नमा, गर्भवती भएको बेलामा लिनुपर्ने पौष्टिक आहार लिने मधेसी महिलाको संख्या ज्यादै न्यून रहेको बताउनुभयो। मधेसलाई अन्नको भण्डार मानिन्छ। मधेसकै अन्न खाएर पहाडको महिका सुपोषित छन तर यहाँका महिलाहरु चेतना र शिक्षा अभावको कारण गर्भवती भएको बेला लिनुपर्ने पौष्टिक आहार अधिकांश महिलाले नलिने गरेको स्वास्थ्यकर्मी तुलसी खनालको कथन रहेको छ।
पौष्टिक आहार नलिदा बच्चा जन्माउने बेलामा महिलालाई धेरै जोखिमको सामना गर्नुपर्ने हुन्छ। कुपोषित महिलाले जन्माएको बच्चा पनि कुपोषित र कम तौलको पुडके बच्चा जन्मने गरेको छ। कुपोषित महिलाले जन्माएको बच्चाको विकास पनि समय र उमेर अनुसार नहुने गरेको स्वास्थ्यकर्मी तुलसा खनालले बताउनुभयो।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…