ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ २६ पुुस : रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाक

२०७४ पुस २६ बुधबार, बिहान ११:५८ बजे१ मिनेट पढाइ

काठमाडौँ २६ पुुस : रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा ट्रकमा ठोक्किएर मृत्यु भएको जानकारी दिनुभयो ।
ट्रकमा ठोक्किएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…