आइसर जनकपुर शाखाद्धारा रक्तदान
आइसर ब्राण्डले बस, ट्रिपर, ट्रक आदीको लागि सहजता प्रदान गर्दै आएको छ ।

२०७६ माघ ४ शनिबार, बिहान ११:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सवारीको दुनियाँमा उत्तम ब्राण्ड मानिएको आइसर (Eicher) कम्पनी (Truck, Tripar, Bus) जनकपुर शाखाले रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान जीवनदान मूलनाराका साथ समाजिक भावनाले रक्तदान कार्यक्रम गरेको आइसर जनकपुर शाखाका शाखा ईन्चार्ज मनिष साहले जानकारी दिनुभयो । दुर्घटनाका कारण विभिन्न समयमा रक्तको कमिले अल्पायूमै कैयौं सर्वसाधारणले ज्यान गुमाउनुपरेको भन्दै अब रगतको अभावमा कसैको ज्यान नजाओस भन्दै उदेश्यले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
शाखा ईन्चार्ज साहकै सक्रियतामा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको शाखा अगाडी रक्तदान कार्यक्रम गरेको हो । बतास अर्गनाईजेशनबाट नेपाल रेडक्रस सोसाईटी धनुषाको सहयोगमा दर्जन बढी व्यक्तिहरुले रक्तदान गरेका हुन् । विभिन्न अस्पतालमा रक्तको कमीले गर्दा वा समयमा रक्त नपाउँदा ज्यान गएको स्मरण गर्दै समाजिक सदभावले अन्य कार्यक्रम भन्दा रक्तदान कार्यक्रम गरी ब्लड बैंकमा रक्त जम्मा गरेको हो ।
रक्तदानको क्रममा आइसर जनकपुर शाखाका कर्मचारी सहित अन्य ठाउँका सर्वसाधारणहरुले समेत रक्तदान गरेको शाखा ईन्चार्ज साहले जानकारी दिनुभयो । बजारमा आइसर कम्पनीको उत्पादनलाई ग्राहक उपभोक्ताले निकै मन पराएको ईन्चार्ज साहको दाबी छ ।
भोल्वो र आइसरको शक्ति सवारीको गुणस्तरीयता, परफोरमेन्स क्षमताको कारण आम उपभोक्ताले अन्य ब्राण्ड भन्दा आइसर बढी मन पराएको बताइएको छ । आइसरको शोरुम जनकपुरमै खुलेपछि जनकपुर आसपास क्षेत्रका उपभोक्ताहरुलाई सहज भएको छ । शाखा ईन्चार्ज साहका अनुसार, बजारमा लोकप्रियता कमाएको आइसर ब्राण्डले बस, ट्रिपर, ट्रक आदीको लागि सहजता प्रदान गर्दै आएको छ ।
यसका साथै, शाखा ईन्चार्ज साहका अनुसार उपभोक्ता ग्राहकहरुको लागि आइसर शाखाले गिफ्ट अफर समेत ल्याएको छ । आइसर ब्राण्डको बस खरिदमा आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था समेत गरिएको छ भने उपभोक्ताको लागि बैंक फाइनान्सको सुविधा समेत दिइएको हो ।
७० देखि ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिने गरेको बताइएको छ । २० देखि ३० प्रतिशतको डाउन पेयमेन्टमा गाडीहरु विक्री वितरण गर्ने सुविधा मिलाएको समेत ईन्चार्ज साहले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…