बुद्ध एयरको जनकपुरबाट रात्रिकालिन उडान भर्ने तयारी पूरा
सुविधायुक्त मानिएको बुद्ध एयरले पनि मात्र १८ सय भाडा दर तोकेर यात्रु तान्न सफल भएको छ ।

२०७६ माघ ४ शनिबार, बिहान १०:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको अभियान पर्यटन वर्ष २०२० सफल बनाउने उदेश्य भन्दै बुद्ध एयरले भाडा घटाउँदै जनकपुरबाट रात्रीकालिन उडान समेत भर्ने तयारी पूरा गरेको छ ।
बुद्ध एयरले जनकपुरबाट काठमाण्डौंका लागि प्रति यात्रु १८ सय रुपैयाँ भाडा निर्धारण गरेको हो। भाडा घटाउनुको साथै जनकपुर विमानस्थलबाट यही माघ ६ गतेदेखि रात्रीकालीन विमान चलाइने तयारी लगभग पूरा भएको जनाइएको छ । आवश्यक सम्पूर्ण तयारी पुराभएपछि पहिलो र दोस्रो चरणको टेस्ट सम्पन्न भएकाले माघ ६ गतेदेखि प्रत्येक राती बुद्ध एयर जनकपुरधाम आउने बुद्ध एयर जनकपुरधामका प्रमुख विजय सिंहले जानकारी दिनुभयो।
सिंहका अनुसार रात्रिकालीन उड़ानको लागि बिभिन्न चरणमा टेस्ट हुने गर्छ त्यसको प्रक्रिया सम्पन्न भइसकेको छ । जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको विमान जेठ महिनामा पहिलो टेष्टीगंको रुपमा अवतरण गरेको थियो भने दोस्रो टेष्ट यसै साता गरिएको छ । यस अघि नै रात्रीकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको छ ।
| जनकपुर - काठमान्डौं | काठमान्डौ-जनकपुर |
| विहानः 09:20 बजे | विहानः 08:50 बजे |
| दिउँसो :14:05 बजे | दिउँसो :13:30 बजे |
| अपरान्ह: 18:00 बजे | अपरान्ह: 17:20 बजे |
| भाडा दर मात्र १,८०० रुपैयाँ नेपाली | |
रात्रीकालीन सेवाका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पुरा भइसकेपनि वरिपरि रहेका रुखहरु समस्याको रुपमा देखिएको थियो । बाधक बनेको रुखहरु पनि काटेर हटाइएको जनाइएको छ । विमानस्थल वरिपरि अग्ला देखिने प्रजातीका झण्डै चार सय रुख काटिएको छ । रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहिदिन काम गरेर फर्कन सक्ने जनकपुरधामका व्यवसायीहरु बताउँछन् ।
यता, श्री एयरलाईन्सले समेत जनकपुरसम्मको डोमेस्टिक उडान सुरु गरेको छ । यसअघि जनकपुरसम्म मात्र बुद्ध एयर र यति एयरलाईन्स उडान भर्दै आएकोमा श्री एयरलाईन्सले समेत उडान सुरु गरेपछि यात्रुहरुलाई धेरै कुर्नुपर्ने तथा चर्को भाडाबाट राहत महसुस भएको छ । श्री एयरलाईन्सले १७ सय रुपैयाँमा तत्कालै उडान भरेको छ भने सुविधायुक्त मानिएको बुद्ध एयरले पनि मात्र १८ सय भाडा दर तोकेर यात्रु तान्न सफल भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…