प्रदेश २ का क्रसर उद्योगीले मुख्यमन्त्रीसँग भने–“हामी क्रसर बन्द गर्दैनौ”
भौतिक विकासको लागि अवैद्य क्रसरलाई बन्द गर्नुपर्ने तथा वैद्य क्रसरलाई सँचालन गर्न दिनुपर्ने माग उठाउनुभयो ।

२०७६ माघ ३ शुक्रबार, राति १०:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले क्रसर उद्योगहरु बन्द गर्ने निर्देशन दिएपछि प्रदेश नं. २ का क्रसर व्यवसायीहरु आन्दोलित भएका छन् ।
केहि दिन पूर्व अवैद्य उत्खनन गरी नदी दोहन गरिरहेको अवस्थामा रोक्न जाँदा एक युवकको हत्या गरिएपछि प्रदेश सरकारले क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएको थियो । प्रदेश सरकारले अवैद्य रुपमा तथा नदी, पर्यावरण, जँगल दोहन गरी सँचालित त्यस्ता क्रसर उद्योगलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि उद्योगीहरु तातिएका हुन् ।
सोही क्रममा शुक्रबार प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतलाई (मार्फत) प्रदेश नं. २ को ४ जिल्लाका क्रसर उद्योगीहरुले गुनासो सहितको ज्ञापनपत्र बुझाएको छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाही गरी ४ जिल्लाका बलुवा प्रसोधन तथा क्रसर उद्योग संचालन गर्दै आएका उद्योगी व्यवसायीहरुको समितिको निर्णय अनुसार सरकार र प्रदेश सरकारका कारण क्रसर उद्योग सँकटमा आएको भन्दै गुनासो गरेको हो ।
“सम्बन्धित निकायहरु तथा प्रहरी प्रशासन समेतको क्रियाकलापबाट हाम्रो वालुवा प्रसोधन तथा क्रसर उद्योग नै संकटमा आई हाम्रो अरबौ रुपैयाको लगानीबाट संचालन व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था श्रृजना भएकाले हामी व्यवसायीहरुले बैंकबाट अरबौ रुपैया ऋण कर्जा लिई संघालन गरेको व्यवसाय नै बन्द भएमा बैंकको क्रण तिर्न नसक्ने भई हाम्रो पुँजीमा नै ठुलो क्षति पुग्ने हुने निश्चित रहेकोले कानून बमोजिम सरकारबाट ईजाजत लिई उद्योग दर्ता गरी हामी उद्योगी व्यवसायीले उद्योग संचालन गरी नेपाल सरकारको सम्पूर्ण कर तिरी व्यवसाय संचालन गरी आएकोमा गत पुस २५ गते भएको घटनाको आधार कारणबाट हामी उद्योगी उपर बायस हुनु पर्ने अवस्था नहुँदा हुँदै पनि प्रदेश सरकार वायस भएको हामीलाई महशुस भएको छ ।”– ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझाएर बाहिर निस्केका क्रसर व्यवसायी अनिल चौधरीले आफूहरु बैंकबाट कर्जा, ऋण लिएर उद्योग सँचालन गरेको बताउँदै प्रदेश सरकारले यसरी प्रतिबन्ध लगाएपछि आफूहरु डुब्ने खतरा रहेको बताउनुभयो । उहाँले भौतिक विकासको लागि अवैद्य क्रसरलाई बन्द गर्नुपर्ने तथा वैद्य क्रसरलाई सँचालन गर्न दिनुपर्ने माग उठाउनुभयो ।
यसका साथै क्रसर उद्योगीहरुले गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरमा भएको हत्या प्रकरण अर्थात खोलामा भएको घटनाको छानवीन गरी दौषी उपर कानूनी कारवाही हुनु पर्नेमा सो तर्फ सरकार उचित ध्यान नदिई उद्योगीहरुको व्यवसायमा गैर कानूनी तरिकाबाट रोक लगाउन खोजेको आरोप लगाइएको छ ।
उनीहरुले नेपालभरिमै कुनै पनि प्रदेशमा क्रसर उद्योग उपर प्रतिबन्ध नलगाएको भन्दै प्रदेश नंं २ का सरकारले आफूहरु उपर विभेद विभैद गरी नेपालको संविधान र कानूनले प्रदान गरेको व्यापार व्यवसायको हकमा प्रत्यक्ष रुपमा हानी नोक्सानी पारेको उल्लेख गरेको छ ।
क्रसर उद्योगीहरु आफना क्रसर सम्बन्धी सम्पूर्ण कारोवार बन्द गरी आन्दोलनको घोषणा गरेको जनाइएको छ । प्रदेश सरकार र प्रहरीद्वारा कानून विपरित तवरबाट उनीहरुको व्यवसाय कारोवारमा रोक लगाएको भन्दै रोक खुल्ला नगरे सम्म आन्दोलनमा रहने र आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्नेछ चेतावनी समेत दिएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…