'शिक्षा बिना राजनीति पनि अपुरो'
शिक्षा शिक्षकले बिगारेको हैन कि यो कुरा विवेकशीले कुनै पनि शिक्षकलाई स्वीकार्य छैन ।
२०७६ माघ ३ शुक्रबार, बेलुकी ७:५२ बजे४ मिनेट पढाइ

वर्तमान परिवेशमा शिक्षालाई त्यही राजनीतिक शब्दले हेला गरेको छ जसको माध्यमबाट आज कोही राजनीतिज्ञ कहलाउन सकेको छ । वास्तवमा भन्ने हो जसरी विद्धानहरु शिक्षा विना जीवन नै अँध्यारो हुन्छ, त्यसरी हेर्दा राजनीति पनि शिक्षा बिना अपुरो देखिन्छ र हो पनि यही ।
शिक्षा मानिसको तेस्रोआखाँ हो । शिक्षा बिना सुखि र शान्त जिवन कल्पना गर्न पनि सकिदैन। जसरी दुल्ही (बेहुली) लाई श्रृँगारको आवश्यक पर्छ, त्यसरी नै सुखि र शान्त जीवनको लागि शिक्षा आवश्यक पर्छ। नेपालको ईतिहास र्हेने हो भने विःस १९१० पछि क्रमश शिक्षाको विकास भएको पाइन्छ र शिक्षाले मानवजिवनलाई सरल र सहज बनाउन मदत्त गर्छ । भनिन्छ निः “शिक्षाबिनाको मानिस पशु सराबर हुन्छ ’’। मानिस अरुप्राणी भन्दा सर्वश्रेष्ठ ,चेतनशिल मानिन्छ ।
आजको युग वैज्ञानिक युगहो । आजका मानिस खोजनीति तर्फ दौडिरहेका छन् । मानिस शिक्षाले गर्दा चन्द्मामा पुग्न सफल भएका छन्। यदि शिक्षा नभएको भए मानिस जङगलबाट बाहिर आउने थिएन होला जस्तो महसुस गर्न सकिन्छ । हुनतः जँगलबाट बौद्धिक विकासको माध्यमले बाहिर आएको हो र त्यसैलाई गहिरो शब्दमा शिक्षा भन्न सकिन्छ , चेतना भन्न सकिन्छ । चेतना भने आउने शिक्षाबाट नै हो ।
शिक्षा र राजनीति एक अर्काको परिपुरक बिषयबस्तु हुन । शिक्षाले राजनीतिको मार्गचित्र तयार गर्नुपर्थ्यो दुरभाग्य राजनीतिले शिक्षालाई डोर्याएको छ , जसले गर्दा राजनीतिले शिक्षालाई धरासयतिर धकेलिदिएको छ । राजनीतिले शिक्षालाई अलग राखेर शिक्षा चल्न सक्तैन ।
राजनीतिले देखिएको सपना शिक्षाले पुरा गर्दछ । वास्तवमा नेपाली समाज धार्मिक अतिवादले छेदविच्छेद समाज हो । त्यसैले धार्मिक अतिवादको ढर्राबाट हुर्किएको नेपाली राजनीति चेतनशील वर्गहरूलाई कसि लगाउनु कुनै नौलो होइन । यतिखेर नेपाली समाजको शिक्षक र राजनीतिको बिषयलाई लिएर राजनीतिको खोल ओढेर ब्वाँसोको राजनीति गर्ने नेताहरू शिक्षकले विद्यालय नै बिगारे भनेर शिक्षकलाई बन्धि बनाउने प्रयत्न पनि गरिदैछ ।
शिक्षक राज्यको दासी हो र ? चेतनशील प्राणीलाई थुनामा राखेर देश बदल्ने सपना नदेखे हुन्छ । एउटा शिक्षक कुनै राजनीतिक दलको झोले बनेर झोला बोकेर असमर्थ होला तर आफ्नो बिचारलाई प्रक्षपन गर्न कसले रोक्न सक्छ ? एउटा शिक्षक समाज बदल्ने साधक बन्न सक्छ , देश बदल्ने साधक बन्न सक्छ भने राजनीतिको बीँड समातेर राजनीतिक ब्यवस्था बदल्ने साधक बन्न सक्छ कि सक्तैन ? शिक्षा शिक्षकले बिगारेको हैन कि यो कुरा विवेकशीले कुनै पनि शिक्षकलाई स्वीकार्य छैन ।
शिक्षा विगारेको राजनीतिको खोल ओढ्ने विवेकहिन राजनीति अन्धभक्तहरूले बिगारेको । अस्थायी शिक्षक नियुक्ति गर्ने बेला राजनीतिको खोल ओढ्ने दाम र भेटी चढाउन सक्ने भरौटे शिक्षक नियुक्ति गर्ने ,शिक्षा कार्यलयमा शैक्षिक माफियाहरू शैक्षिक दलालको केन्द्र बनाउने अनि गुणस्तरको खोट शिक्षकलाई किन ? आफ्नो रबैयाको लागि अनावश्यक विद्यालय स्थापना गर्ने तर शिक्षक व्यवस्थापन न्यायोचित तरिकाले नगर्ने अनि शैक्षिक गुणस्तरमा शिक्षकलाई खोट देखिनु कति जायज छ ? शिक्षा कार्यलय घुषखोरी र शैक्षिक माफियाको थलो बनाउने खोट शिक्षकलाई किन ? एउटा कुशल विद्यालय प्रशासकलाई राजनीति प्रति झुकाव हुन सक्तछ तर आस्थाको नाम गोबर गणेशलाई शिक्षा क्षेत्रमा भित्र्याउन नैतिकता मान्यताले दिदैन तर दूरभाग्य राजनीतिको खोल ओड्ने शिक्षा कार्यलयको शैक्षिक दलालहरू अनि दिशाबिहिन राजनीतिक दलको झोले कार्यकर्ताले आफ्नो तानशाह प्रवृत्ति लाद्नको लागि प्रशासकलाई असफल बनाइन्छ ।
जबसम्म बिद्यालयमा राजनीतिको खोल ओढ्ने झोले र भरौटेहरू विद्यालय अध्यक्ष बनाइन्छ तबसम्म सामुदायिक विद्यालय अक्षम व्यक्तिको हातमा जान्छ ।शिक्षासँग सम्बन्धित कुनै पनि निकायमा दलालको हात नहोस् त शिक्षा कसरी धरासय हुन जान्छ ? कुनै पनि प्रकारको शिक्षक एउटा मात्र निकायबाट नियुक्ति होस् त कसरी हुन्छ शिक्षामा धरासय । आज सामुदायिक विद्यालय राजनीतिक दलले कार्यकर्ता भर्ती गर्ने थलो बनाएको छ ।
आज शिक्षा कार्यलयको दलालहरू योग्य र सक्षम शैक्षिक नेतृत्वभन्दा दाम प्रसाद अनि झोले प्रसाद शैक्षिक नेतृत्व खोजिरहेका हुन्छन अनि दोष शिक्षकलाई ? यहाँ शिक्षक दोषि हैन आफ्नो झोले, दाम प्रसाद अनि थर्ड डिभिजन वालालाई जवरजस्ति एसएलसी पास वालालाई टीका लगाएर शिक्षक भिल्ला ओढेर पठाउने शैक्षिक दलालहरूको दोष हो अनि राजनीतिको खोल ओढ्ने अराजनीतिक नेताको दोष हो ।
अहिले शिक्षा कार्यलयमा यस्ता शैक्षिक दलालहरू छन जसले प्रा वि मा आयोगले फेल भनेर सिफारिस गर्ने अक्षम झोले कोरा सर्टीफिकेटधारी शिक्षक मा.वि र नि .मा .वि. रहात शिक्षक बनाएर फुलि बढाएर पठाउँछन् । यो कस्तो खालको न्याय हो ? अनि पुलिस काम गर्न अक्षम शिक्षक डि एस पि बनाएर पठाउँदा शैक्षिक क्षेत्रको हालत के होला ? यो शैक्षिक गिरोहलाई उत्साहित गर्ने प्रवृत्ति बाहेक के हो ? यसैलाई घोडालाई लगाम लगाउँदै तपाइले पालेको घोडा शारिरीक अक्षमता छ भने दौड जित्नेवाला छैन ।
त्यसैले शिक्षा मन्त्रलय सम्हाल्न शिक्षा मन्त्री हुन पुग्ने राजनीतिको बेलुनको खोल ओढ्ने मन्त्रीहरू सक्नुहुन्छ भने विद्यालयमा राजनीतिक नियुक्ति बन्द गर्नुहोस । झोले घुषखोरी शैक्षिक दलालहरू नियन्त्रणमा लिनुहोस् । विद्यालयमा राजनीतिक हस्तक्षप बन्द गर्नुहोस् । तब सामुदायिक विद्यालय सुध्रन्छ । विद्यालयको सबै जिम्बेवारी प्रशासनलाई दिनुहोस नत्र शिक्षकलाई राजनीतिमा बन्धि बनाएर देश बन्नेछैन । कुवाको भ्यागुतोलो म उफ्रेर आकाश छुन सक्छु भने झैँ हुन्छ ।
रजनिश साह
विदेह नगरपालिका ४, धनुषा
सन्दर्भ समाग्री : लामा, प्रसान्त । "शिक्षा र राजनीति एक अर्काको परिपुरक-(janakhabar"
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…