नीतिगत त्रुटी नसचिए आन्दोलन गर्छौ : HA हरु
सरकारले आफुहरुको मांग प्रति समयकै सुनुवाई नगरे आन्दोलन गर्न बाध्य हुने उनीहरुको तर्क छ ।

२०७६ माघ २ बिहीबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हेल्थ असिस्टेन्स संघ नेपाल (हान)ले १५ महिने कोर्ष गरेका अहेवहरु ३ वर्षे कोर्ष पढेका हेल्थएसिस्टेन्सहरुको हाकिम हुने अवस्था प्रति आपती जनाएका छन् ।
जनकपुरधाममा आयोजित हानको प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमवाट ह्ेल्थ असिस्टेन्स संघ आवद्व स्वास्थ्यकर्मीहरुले तहगत मिलान गर्दा शैक्षिह योग्यतालाई ध्यान नदिएको विरोध जनाएका हुन ।
प्रदेशको आठवटै जिल्लाका जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष रविन्द्र कुमार साहको समेत सहभागितामा भएको भएको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमवाट सरकारले गरेको नितिगत त्रुटीहरु नसचिए आन्दोलनमा जान पनि बाध्य हुने उनीहरुको चेतावनी छ ।
कर्मचारी ऐन २०७५ को दफा ७ अनुसार कार्यरत पदको जेष्ठता आधारमा समायोजन भएकोमा त्यसलाई सच्याउन उनीहरुको मांग छ । यसरी समायोजन हुँदा ३ वर्षे कोर्ष अध्यन्न गरेकाहरु १५ महिने कोर्ष पढेकाहरुको तल बसेर काम गर्नु पर्ने बाध्यात्मक स्थितीको सृजना भएको उनीहरुको तर्क छ ।
स्वास्थ्य सेवा ऐन २०५३ नियमावली २०५५ र कर्मचारी समायोजन ऐन २०७५ विपरित स्वास्थ्य सेवालाई धारासही बनाउने गरि माथिल्लो शैक्षिक योग्यता नै नभएका र लोकसेवाको प्रक्रिया पुरा नगरेका कर्मचारीलाई स्तरवृद्वि भएकै आधारमा सिधै माथिल्लो तहको जिम्मेवारी दिने किशिमले भएको समायोजनले आफुहरुसंग अन्याय भएको उनीहरुको तर्क छ ।
सरकारले आफुहरुको मांग प्रति समयकै सुनुवाई नगरे आन्दोलन गर्न बाध्य हुने उनीहरुको तर्क छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…