मधेश सरकारद्वारा ३ महिना फ्रि इन्टरनेट सेवा
अभियानलाई सफल बनाउन विभिन्न सेवा प्रदायक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन ।

२०७६ माघ १ बुधबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतलको अभियान अन्तर्गत मधेशका बेटीहरुले ३ महिना फ्री ईन्टरनेट सेवा पाउने भएको छ ।
मुख्यमन्त्री राउतको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्राली बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन ।
प्रदेश २को सरकारले संचालन गरि रहेको बेटी पढाउ बेटी बचाउ अभियानलाई सफल बनाउन सुविसु केबल नेट प्रालीले यो सेवा उपलब्ध गराएको सुविसुका आयोजना प्रमुख सुवास अधिकारीले जनाउनु भएको छ ।
प्रदेश सरकारको यो अभियानलाई सफल बनाउन विभिन्न सेवा प्रदायक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…