धनुषाः एक महिने मकर मेला आजदेखि प्रारम्भ
यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ ।

२०७६ माघ १ बुधबार, बिहान ८:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित एवम् प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल धनुषाधाममा माघे सन्क्रातीको अवसरमा लाग्ने एक महिने मकर मेला आज (बुधबार) देखि प्रारम्भ भएको छ ।
धेरै वर्षदेखि प्रत्यके वर्ष माघ १ देखि लाग्दै आएको धनुषाधामको मकर मेला मधेश मिथिलामा प्रख्यात रहेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ । ‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर सङ्ग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो ।
.jpg)
परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । राजा जनकले उक्त धनुष तोड्नेसंँग नै आफ्नी छोरीको बिहे गरिने शर्त राखेका थिए । रामले ताँदो चढाउँदा भाँचिएको धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभागमा आएर खसेको ठाउँ धनुषाधाम रहेको धार्मिक विश्वास रहिआएको छ । अहिले पनि धनुषाममा धनुषको कण प्रत्यक्ष हेर्न सकिन्छ । धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ ।
मकर मेला प्रत्येक वर्ष माघ १ देखि अन्तिम माघसम्म लाग्ने गरिन्छ । विगत केही वर्षदेखि स्थानीय सरकारले त्यसलाई व्यवस्थापन गर्दै आएको छ । मेलाभरि लाखौंको महिनाभरि हुन्छ ।
धनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयवासी बताउँछन् । धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन् । धनुषाधाम जनकपुरदेखि करीब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ । यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ ।

धनुषको टुक्रा अवलोकन र पूजार्चना गर्न दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक एवं श्रद्धालुभक्तजन आउने गर्छन् । यस स्थानमा प्रत्येक वर्ष माघको प्रत्येक आइतबार मकर मेला आयोजना हुन्छ ।
धनुषाको मकर मेलामा छाला रोग, मूसो (अैल्हा) रोग निको हुने किम्बन्ती छ । मसाला (तैरपात अर्थात पतरक) एक महिनाकै लागि मेलाभरि आकर्षणको केन्द्र मानिन्छ । नेपाल सहित भारतको पनि विभिन्न स्थानबाट पर्यटकहरु मेला भर्न धनुषाधाम आउने गरिन्छ । मुसो रोक निको पार्नको लागि धनुष महाराजलाई बैगन (भन्टाभार) मान्ने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…