पत्रकार महासंघ धनुषाका अध्यक्ष मिश्रलाई कारवाहीको माग गर्दै महिलाहरु सडकमा
जनकपुरकै धनुषा अस्पतालमा रिफर गरेपछि समाजिक सञ्जालमा महिलाहरुलाई ट्रोल गरिएको छ ।

२०७६ पुस २७ आइतबार, राति १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रलाई कारवाहीको माग गर्दै महिला संघर्ष समितिद्धारा प्रदर्शन गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाकी केही महिला सहित बाहिरबाट बोलाइएकी महिलाहरुले अध्यक्ष मिश्र र पत्रकार अमरकान्त ठाकुरलाई कारवाहीको माग गरेकी हुन। उनीहरुले पत्रकारहरुले महिलालाई कुटपिट गरी घाईते बनाएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेललाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको हो ।
महिला कर्मचारीहरुले जुलुस निकाली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएकी हुन् । उनीहरुले मिश्र र ठाकुरलाई कारवाहीको माग सहित ५ दिने अल्टिमेट समेत दिएकी हुन् । ५ दिनभित्र कारवाही नगरे अर्को चरणको आन्दोलनको चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरेको हो ।
गत मँगलबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको चेम्बरमा कान्तिपुर टेलिभिजनका पत्रकार अमरकान्त ठाकुर, एपीवानका विकास साहलाई दुरव्यहार सहित मेयर साहको सहकर्मीहरुले हातपात गरेको थियो । अध्यक्षको हैसियतले तत्कालै नगरपालिका पुगेका महासंघका अध्यक्ष मिश्रले दुरव्यहारको कुरा उठाउँदा पुनः विवाद चर्किएको थियो । सोही क्रममा नगरपालिकाकी कर्मचारी सहित चेम्बरकी महिलाहरुले आफूहरु उपर पत्रकारहरुले नै हातपात गरेको भनेर आरोप लगाउँदै आएकी हुन् ।
केही महिलाहरु जनकपुरको प्रादेशिक अस्पतालमा उपचार गराएको तथा उपचार सम्भव नभएपछि जनकपुरकै धनुषा अस्पतालमा रिफर गरेपछि समाजिक सञ्जालमा महिलाहरुलाई ट्रोल गरिएको छ । समाजिक सँजाल प्रयोगकर्ताहरुले महिलाहरुले नौटंकी तथा नाटकबाज रहेकी भनेर क्याप्सन समेत दिइएको छ ।
यता, जनकपुरका युवाहरुले भने मेयर साहले दादागिरी र गुण्डागिरी गरेको आरोप लगाउँदै उनकै विरोधमा प्रदर्शन समेत गरेको छ । उनीहरुले प्रेस स्वतन्त्रताको कदर गर्न समेत माग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…