दिलीपलाई पहिले फलामे लिभरले कोंखामा घोंचेर सुताए, अनि माथिबाट ट्रिपर चलाए !
दिलिपको शुक्रबार विहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

२०७६ पुस २६ शनिबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार विहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ टवीस्ट आएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या प्रकरणमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट दिलीपलाई पहिले फलामको लिभरले कोंखामा घोचेर घाईते पारी सुताएर माथिबाट ट्रिपर चलाएको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ बस्ने राम जीवन महतोको २४ बर्षिय छोरा दिलीपले खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खवर पाएलगत्तै रोक्न गएका उनलाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको खुल्न आएको छ । उनलाई कर्तव्य ज्यान गरी हत्या गरेको कसुरमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा त्यही खोलामा सँचालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सँचालक वर्ष २७ का विपिन कुमार महतो, ट्रिपर चालक महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३४ का मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका वडा नं. २ बस्ने बर्ष २४ का जितेन्द्र कुमार महतो र मिथिला नगरपालिका वडा नं. २ बस्ने बर्ष २७ का रोशन कुमार यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
दिलिपको शुक्रबार विहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…