'समृद्धि र चौतर्फी विकासको लागि राजनीतिक कमान युवाको हातमा दिनुपर्छ'
हामी अहिले २१ औं शताब्दीमा छौं । अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकीले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ । होस् पनि, वर्तमान परिवेशमा समाजलाई अपराधिक गतिविधितर्फ लम्काउने भनेको बेरोजगारी पनि एक ठुलो तत्वको रुपमा साबित भएको छ । तर, त्यस्ता बेरोजगारी पनि उत्पन्न हुनुको कारण र
२०७६ पुस २५ शुक्रबार, बिहान ९:३४ बजे२ मिनेट पढाइ

हामी अहिले २१ औं शताब्दीमा छौं । अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकीले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ । होस् पनि, वर्तमान परिवेशमा समाजलाई अपराधिक गतिविधितर्फ लम्काउने भनेको बेरोजगारी पनि एक ठुलो तत्वको रुपमा साबित भएको छ ।
तर, त्यस्ता बेरोजगारी पनि उत्पन्न हुनुको कारण राजनीतिक परिवेस नै हो । देशमा राजनीतिकि उतार चढावका कारण दिनानुदिन खस्किदै गएको शिक्षा स्तर, शिक्षा नीति र समाजका अगुवा, युवा, किशोर किशोरीहरुको वर्तमान अवस्था पनि खस्किदै गएको छ । शिक्षाकै सन्दर्भमा कुरा गर्ने हो भने अहिले समुदायिक विद्यालयको स्तर र नीजी विद्यालयको स्तर हेर्दा आकाश पातालको फरक देख्न सकिन्छ ।
कुनै बेला समुदायिक विद्यालयप्रतिको चासो, अध्ययन अध्ययापनको प्रणाली र छात्रछात्राहरुको गुणस्तरीयता मापन गर्न धौधौ परेको थियो । अहिले त्यही समुदायिक विद्यालयको अवस्था हेर्दा एउटा समाजिक अपराधिक तत्व उत्पादन गर्ने खालको परिस्थिति बनाएको देखिएको छ । विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिएपनि विद्यालयबाटै चलेको प्रारम्भिक राजनीतिकको कारण सबै पक्ष ध्वस्त भएको पनि देखिएको छ ।
वयस्क उमेरका शिक्षक वा बेरोजगार व्यक्तिहरु प्रायः कुनै न कुनै दलको कार्यकर्ताको रुपमा सहभागी हुँदा उनीहरुले परिवारलाई भुल्ने गरेको पनि देखिएको छ । परिवारिक जीवन धान्नको लागि आवश्यक पर्ने खर्चको लागि जोहो गर्न जे पनि गर्न तयार हुँदा न त राजनीतिक चरित्र बाँचेको हुन्छ नत परिवारलाई पुनः मुख देखाउने हैसियत नै । राजनीतिक अगुवाको भरमा, उनको उक्साहटमा जे पनि गर्न तयार हुने कार्यकर्ताको कमि छैन् ।
अहिलेको पीढीमा युवाहरु जागरुक हुँदै गएको छ कतिपय स्थानमा । जनकपुरकै सन्दर्भ हेर्ने हो भने उच्च शिक्षा हाँसिल गरेर भएपनि राजनीतिमा आउन आतुर छन् । कारण एक बेरोजगारी र एक नाम कमाउने मनसाय पनि हो । बेरोजगारीका कारण राजनीतिक दलको पछुवा बनेर भएपनि निकै रकम आर्जन गर्न सकेको उदाहरणहरु धेरै छन् । पार्टीगत समर्थन, झण्डा बोकेर जाने भएपछि महिनाको कमाई निकाल्ने गरेको छ ।
जहाँ ७० वर्ष कटेका नेताहरुले युवा पुस्ताको माग, वर्तमान पुस्ताको आकांक्षा र समाजलाई चाहिने खालको विकास दिन सकेको छैन । उही राजनीतिमा आएका युवाहरुको सोंच र योजना भने बेग्लै छ । युवा पुस्ताले सोच्न सकेको, देखेको सपना र ल्याएको दीर्घकालिन योजनाहरुको लागि पनि राजनीतिमा उनीहरुको हातमा कमान दिनैपर्छ । बुढो उमेरका राजनेताहरुले देशको राजनीतिक, कुटनितिक बारे जानकार भएपनि वर्तमान परिपेक्षमा चाहिएको विकासको अवधारणा भने युवा पुस्तामा मात्र देखिएको छ ।
सडकदेखि सदनसम्म तताउने हैसियत युवाहरुले राखेको सर्वविदितै छ । मधेश आन्दोलनदेखि लिएर प्रजातान्त्रिक आन्दोलनमा पनि युवा नेताहरुको भूमिका सराहनीय थियो । अहिले पनि नेपालको समृद्धि, चौतर्फी विकास चाहिएको छ , दीर्घकालिन विकासको लहर ल्याउनुछ भने युवा पुस्ताको हातमा राजनीतिको कमान दिनुको विकल्प छैन ।
किशन साह
युवा अगुवा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…