विहानै दुःखद खवर : 'अवैद्य उत्खननमा निगरानी राख्ने युवकलाई ट्रिपरले कुल्चेर मारे' !
सोही क्रममा विहानै निगरानी गर्न खोला पुगेका महतोलाई ट्रिपरबालाले समातेर कुल्चेको हुन सक्ने अनुमान गरिएको छ ।

२०७६ पुस २५ शुक्रबार, बिहान ६:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा अवैद्य उत्खनन उपर आवाज उठाउने तथा निगरानी राख्ने एक युवकलाई ट्रिपरले कुल्चेर मारेको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर भन्ने टोल नजिकै रहेको औहरी खोलामा बालुवा गिट्टी उत्खन्न उपर निगरानी राख्ने युवकलाई आज (शुक्रबार) विहान करिब ५ः०० बजे उनलाई कुल्चेर मारेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।
त्यस खोलाबाट अवैद्य उत्खनन् रोक्नको लागि ती युवक दिनहुँ जसो निगरानी गर्दै आएकोमा आज विहान उनलाई हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीय राम जीवन महतोको छोरा अन्दाजी बर्ष २४ को “दिलिप” भन्ने ओम प्रकाश महतोलाई कुल्चेर मारेको प्रहरीले जनाएको छ ।
महतो विभिन्न समयमा खोलाबाट अवैद्य रुपमा चोरी निकासी गरी उत्खन्न गर्ने ट्रिपरहरु उपर निगरानी गर्दै सरोकारबाला सहित प्रहरीलाई खवर गर्दै आएका थिए । सोही क्रममा विहानै निगरानी गर्न खोला पुगेका महतोलाई ट्रिपरबालाले समातेर कुल्चेको हुन सक्ने अनुमान गरिएको छ ।
त्यहाँ स्थित रहेको औरही बाबा बालुवा गिट्टी प्रशोधन केन्द्र अगाडी नजिकै उनलाई कुल्चेको प्रहरीले जनाएको छ । कुल्चेपछि उनको शरिर विभत्स र क्षतविक्षत भएको जनाइएको छ । प्रहरीका अनुसार, रातराती ट्पिरवालाहरुले चोरीलुकी उत्खनन गर्न जाँदा ट्रिपरको लाईट (बत्ति) निभाएर जाने गरेको हुनाले पनि उनलाई कुल्चिएको हुन सक्ने अनुमान गरिएको छ । महतोको यस्तो घटना भएपछि सिँगो टोल नै शोकाकुल भएको छ ।
यता, ईलाका प्रहरी कार्यालय ढल्केवरले कुल्चने ट्रिपर , ट्रिपर चालकलाई खोजी भईरहेको तथा त्यहाँ स्थित सँचालित औरही बाबा बालुवा गिट्टि प्रशोधन केन्द्रको सँलग्नता हुन सक्ने शंका गरिएको आधारमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…