नेपालको पर्यटन सबालमा मधेश पटकपटक उपेक्षित : राज्यमन्त्री मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको पर्यटन प्रवद्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया एवं भिजिट मधेश २०२० एण्ड वियोण्ड कार्यक्रमको आज पर्साको वीरगंजबाट शुभारम्भ गरिएको छ । भिजिट मधेशको आयोजना तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश २ को संयुक्त सहकार्यमा सु

२०७६ पुस २४ बिहीबार, राति ८:४७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको पर्यटन प्रवद्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया एवं भिजिट मधेश २०२० एण्ड वियोण्ड कार्यक्रमको आज पर्साको वीरगंजबाट शुभारम्भ गरिएको छ ।
भिजिट मधेशको आयोजना तथा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश २ को संयुक्त सहकार्यमा सुरु भएको कार्यक्रमले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि टेवा पुग्ने बिश्वास गरिएको छ । ’भिजिट नेपाल ईज इङ्कम्प्लिट विदआउट भिजिट मधेश’ अर्थात् मधेशको भ्रमण बिना नेपाल भ्रमण अधुरो रहने मुल नारासहित शुरु भएको यस अभियानले मधेशमा भएका प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रचार प्रसार एवम् बिकास र समृद्धिमा पनि सघाउ पुग्ने प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले विश्वास लिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मण्डलले नेपालको पर्यटन बारे कुरा गर्दा मधेशलाई पटकपटक बिर्सिने गरिएको गुनासो गरे । उनले नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० अभियानले नेपालको पर्यटन बारे बाहिर देशमा प्रचार गर्दा मधेसको कला, संस्कृति, एतिहासिक तथा धार्मिक स्थलहरुलाई नसमेटिने गरिएको बताए । राज्यमन्त्री मण्डलले भिजिट मधेश जस्ता अभियानले मधेशको पर्यटनको लागि खेलेको भूमिका उल्लेखनिय रहेको समेत बताए ।
त्यसैगरी भिजिट मधेस नेपालका ग्लोबल संयोजक प्रमोद (राज) सर्राफले सूचना प्रविधिको प्रयोगले आफुहरुले मधेशको पर्यटन प्रवर्द्धनको लागि काम गरिरहेको बताए । उनले आजको डिजिटल युगमा सूचना प्रविधि बिना कुनै पनि अभियान सफलताको कल्पना समेत गर्न नसकिने दावी गरे । आफुहरुले निर्माण गरेको डिजिटल प्लेटफर्म मार्फत मधेशको पर्यटकिय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गर्न लागेको जानकारी गराए ।
भिजिट मधेश पर्साका संयोजक किसन कुमारको सभापतित्वमा भएको कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा पत्र प्रस्तुत गर्दै ३ तहकै सरकारको सहकार्य तथा होटेल तथा पर्यटन व्यवासयि संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायतले सबैले आ आप्नो क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यक्ता औल्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…