वीरगन्जमा अभियन्ता सम्मेलन हुने, दर्ता खुल्ला
न्यूज ब्यूरो, जनकपुरधाम । वीरगन्जमा सामाजिक कार्यमा सक्रिय अभियन्ताहरूको सम्मेलन हुने भएको छ । दिनदुःखी, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न विभिन्न पेशामा आवद्ध व्यक्तिले निःस्वार्थ भावले विभिन्न अभियान सन्चालन गर्ने उद्देश्यले अगामी फागुन २५ गते भोर संस्थाले ‘अभियन्ता सम्मेलन २०२०’ को आयोज

२०७६ पुस २२ मंगलबार, दिउँसो २:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वीरगन्जमा सामाजिक कार्यमा सक्रिय अभियन्ताहरूको सम्मेलन हुने भएको छ ।
दिनदुःखी, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न विभिन्न पेशामा आवद्ध व्यक्तिले निःस्वार्थ भावले विभिन्न अभियान सन्चालन गर्ने उद्देश्यले अगामी फागुन २५ गते भोर संस्थाले ‘अभियन्ता सम्मेलन २०२०’ को आयोजना गर्न लागेको हो । सम्मेलनमा प्रदेश २ मै रहेका र बाहिर स्वदेश तथा विदेशमा रहेका प्रदेशका लागि काम गरिरहेका २ सय अभियन्ता सहभागी हुने आयोजक संस्था भोरले जनाएको छ ।
सम्मेलनमा तीन जना अन्तराष्ट्रिय मुख्य वक्ता, दुई वटा प्यानल डिस्कसन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान गर्नुको साथै प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन गरिनेछ ।
अभियन्ता सम्मेलन २०२० मा सहभागिताको लागि सोमबारदेखि दर्ता खुल्ला गरिएको छ । इच्छुक अभियन्ताले आफू सहभागी हुन वा अन्य कुनै अभियन्तालाई सहभागी गराउन अनलाइन वा पेपरमार्फत दर्ता गर्नुपर्ने भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…