सर्लाहीको राजघाटमा यूवतीको लास ,बलात्कार गरी हत्याको आशंका !
बेपत्ता भएको मौखिक रुपमा खवरपाएको प्रहरीले मोक्तानको खोजी गरिरहेको भएपनि फेलापार्न सकेको थिएन ।

२०७६ पुस २१ सोमबार, राति ८:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बागमतीमा एक युवतिको लास (शव) फेला परेको छ । उनको हत्या गरी फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बागमती नगरपालिका–५ टेकानी स्थित बुडिबागमती किनारमा अन्दाजी २६ बर्षकी पुर्णिमा मोक्तानको शव फेला परेको प्रहरीले जनाएको छ । बिवाह भएर पनि लामो समय देखी माईतिघर बागमती नगरपालिका–५ टेकानीमामै बस्दै आएकी मोक्तान गत १८ गते रातीबाट बेपत्ता भएकी थिईन ।
गत पुस १८ गते शनिवार रातीबाटै बेपत्ता भएपनि मोक्तान हराएको खबर माईती पक्षले झन्डै २४ घण्टा पछि आईतवार साँझ ४ बजेमात्र ईलाका प्रहरी कार्यालयलाई खवर गरेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ।
बेपत्ता भएको मौखिक रुपमा खवरपाएको प्रहरीले मोक्तानको खोजी गरिरहेको भएपनि फेलापार्न सकेको थिएन ।
प्रहरीले खोजी कार्यगर्दा समेत गर्दा फेला पार्न नसके पछि सोमवार बिहान स्थानीय युवाको समुहले मोक्तानको घरबाट ४ किलोमिटर टाडा जंगल सँगै रहेको बुडिबागमती खोलाको किनारको खाल्डोमा खोजिगर्ने क्रममा शव फेला पारी प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी घटनास्थल मा पुग्दा उक्त सव मोक्तानको रहेको र सवको प्रकृती हेर्दा २४ घण्टा पहिलानै युवतीको मृत्यु भएको प्रहरी आशंका गरेको छ । शव गिट्टी वालुवा झिक्नेक्र ममा बनेको खाडलमा कासले छोपेको अवस्थामा फेला परेको थियो ।
मृत अवस्थामा सव फेला परेको भएपनि मोक्तानको हत्या वा अन्य कारण भने सवपरिक्षणको रिर्पोट आएपछि मात्र भन्न सकिने प्रहरी प्रवक्ता तथा प्रहरी उपरिक्षक बिश्वमणी पोखरेलले जानकारी दिनुभयो ।
गाउँ नजिकै लागेको मेला हेरेर घरफर्कदै गर्दा बेपत्ता युवतीको तिन दिन पछि सव फेलापरे पछिअहिले गाउँनै शोकमा डुबेको छ । यसैविच प्रहरीले घटनामा संलग्नको आशंकामा एक पिकअप भ्यान चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
एक भ्यान चालक नियन्त्रणमा लिएको र युवतीको बलात्कार पश्चात हत्याको आशंकामा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मलंवाले जनाएको हो । युवतीको सव परिक्षणको लागी जिल्ला अस्पताल मलंगवामा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…