लहान : सप्तऋषि अस्पतालमा एकैरातमा ३ शिशुको मृत्यु
घटना बाहिरिएपछि आन्तरिक सहमति गरेर अस्पतालले ढोकछापको प्रयास गरेको छ ।

२०७६ पुस २१ सोमबार, बिहान ८:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा एकैरात तीन शिशुको मृत्यु भएको छ ।
अस्पतालका डाक्टरको लापरवाहीका कारण एकैरात ३ सुत्केरीले शिशु गुमाएकी छन् । शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि उपचारका लागि सप्तऋषि अस्पतालमा पुगेका सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादवले शिशु गुमाएकी हुन् ।
शनिबार विहानसम्म शल्यक्रिया गरेर बच्चा निकालिएकोमा तीन शिशुको मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरवाहीले शिशुको मृत्युपछि आक्रोशित पीडितका आफन्तले डाक्टरलाई कारवाही गर्न माग गरेका छन् । शल्यक्रियामा डाक्टरको लापरवाही भएको पीडितका आफन्तको आरोप छ ।
डाक्टर रञ्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीले बताए । तर, डा. सुनिल विराजीले शल्यक्रिया गरेको श्रोतको दावी छ । घटना बाहिरिएपछि आन्तरिक सहमति गरेर अस्पतालले ढोकछापको प्रयास गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…