करेन्ट लागेर एक महिलाको मृत्यू
शवलाई प्रहरीको निगरानीमा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाएको जिल्ला अस्पतालले जनाएको छ।

२०७६ पुस २० आइतबार, बिहान ८:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इश्वपुर नगरपालिका वाड नं. २ मियाखोर बस्ने ४५ वर्षकी कुमारी गोले रहेकी छिन ।
शनिबार मोटरबाट पानी तान्ने क्रममामोटर भएर प्रवाह भएको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आफनै चापाकलको धारमा नुहाउने क्रममा मोटरमा जडान भएको विधुतबाट करेन्ट लागि गम्भीर घाइते भएकी गोलेलाई उपचारको लागि वर्दिवास लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय भक्तिपुरले जनाएको छ।
घटना स्थलमा प्रहरीको टोलिले आवश्यक अनुसन्धान गरी मृत महिलाको शवलाई प्रहरीको निगरानीमा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाएको जिल्ला अस्पतालले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…