जनकपुर : ट्रिपरले लियो महिलाको ज्यान !
घटनापछि आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोडसमेत गरेका छन् ।

२०७६ पुस १९ शनिबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा ट्रिपरले एकजना महिलाको ज्यान लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–६ स्थित पगलाबाबा धर्मशाला नजिकै ट्रिपरको ठक्करबाट स्थानीय ३६ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको हो । पेठिया बजारबाट दशरथ तलाउतर्फ गइरहेको ना. १ क. ४५०९ नम्बरको ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
शनिबार विहान साढे १० तिर पूजा गरेर पैदलै घर फर्किरहकी सुधालाई ट्रिपरले ठक्कर दिएपछि लगत्तै अस्पताल लगिएकोमा ११ बजेर १५ मिनेटमा मृत घोषित गरिएको हो । मृतक सुधा श्रीराम युवा कमिटीका पूर्वध्यक्ष सोहन ठाकुरकी श्रीमति हुन् ।
घटनापछि आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोडसमेत गरेका छन् । ट्रिपर र चालकलाई नियन्त्रणमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…