अनेरास्वीयूको केन्द्रीय कमिटि सदस्यमा यादवद्धय चयन
उहाँले केन्द्रीय समितिमा नाम चयन गरिएपनि अहिले जिम्मेवारी भने नतोकिएको जानकारी दिनुभयो ।

२०७६ पुस १९ शनिबार, बिहान ११:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् विद्याथी संगठन अनेरास्वीयूको केन्द्रीय समिति सदस्यमा धनुषाबाट राजकिशोर यादव र रविकिरण यादव चयन भएका छन् ।
गएराती अनेरास्वीयूको केन्द्रीय समितिले गरेको निर्णय अनुसार यादवद्धयलाई केन्द्रीय समितिको सदस्यमा चयन गरिएको हो । तत्कालिन एमालेबाट स्थानीय तहको चुनावमा धनुषा विदेह नगरपालिकाबाट मेयरका प्रत्यासी उम्मेदवार तथा तत्कालिन अनेरास्वीयूकै धनुषा जिल्ला ईन्चार्ज रहेका राजकिशोर यादव समितिमा चयन भएको बधाईको ओईरो लागेको छ ।
यसका साथै पूर्व आपूर्ति मन्त्री एवम् धनुषा निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधिसभा सदस्य मातृका प्रसाद यादवका सुपुत्र रवि किरण यादवलाई समेत केन्द्रीय समितिमा चयन गरिएपछि बधाईको ओइरो लागेको छ । समितिमा चयन भएपछि न्यूज ब्यूरोसँग कुराकानी गर्दै राजकिशोर यादवले पहिले माओवादी निकट अनेरास्वीयू क्रान्तीकारी र एमाले निकट अनेरास्वीयू भएकोमा दुवै दलको एकतापछि विद्यार्थी संगठनमा समेत एकता गर्दै अनेरास्वीयूको समिति गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले केन्द्रीय समितिमा नाम चयन गरिएपनि अहिले जिम्मेवारी भने नतोकिएको जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…