उपेन्द्र यादवको समाजवादी पार्टी नेपाली काँग्रेससँग मिले
यसअघि मधेशवादी पार्टी राजपा नेपालले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल गर्ने सहमति गरिसकेको छ ।

२०७६ पुस १८ शुक्रबार, राति १०:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा हुने ष्ट्रिय सभा निर्वाचनका लागि मधेशवादी दल समाजवादी पार्टी नेपाल र नेपाली काँग्रेसबीच तालमेल भएको छ ।
प्रदेश नं. २ मा ४ सिटको लागि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र शेर बहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसबीच तालमेलको सहमति गरिएको छ । शुक्रवार नेपाली कांग्रेस र समाजवादी दलबीच प्रदेश २ मा हुने चार सीटको निर्वाचनमा सहकार्य गर्ने सहमति जुटेको हो ।

यसअघि मधेशवादी पार्टी राजपा नेपालले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल गर्ने सहमति गरिसकेको छ । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी केही दिन अघि मात्र नेकपाको सरकारबाट राजीनामा दिएर काँग्रेससँग हात मिलाएका हुन् । नेपाली कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक एवं समाजवादी पार्टीको तर्फबाट दलित र अन्य उम्मेदवारको बीचमा तालमेल गर्ने सहमति भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…