पीडित उँखु किसानहरु आन्दोलन छाडी सिँहदरबारमा
सरकारसँग ७ दिनदेखि १५ दिनसम्म उँखु किसानको सबै रकम तिर्ने प्रतिवद्धता जनाएका छन् ।

२०७६ पुस १८ शुक्रबार, बेलुकी ६:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । सर्लाहीका उँखु किसानहरु विगत १३ दिनको आन्दोलन छाडेर सिँहदरबार पसेका छन् ।
सर्लाहीको विभिन्न चिनी मिलसँगको भुक्तानी माग गर्दै राजधानी आएका उँखु किसानहरुले शुक्रबार केही बेर प्रर्दशन गरी उद्योग मन्त्रालयमा पुगेका छन् । सरकारको तर्फबाट उनीहरुको माग पूरा गर्ने आश्वसन भेटाएपछि थप वार्ताको लागि उनीहरुका सिँहदरबार गएको बताइएको छ ।
उद्योग मन्त्रालयले उखु किसानहरुको एक अर्ब भन्दा धेरै रकम नतिर्ने सुगर मिल सञ्चालकलाई पक्राउ गरी बुझाइदिन गृहमन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो। भने दुई दिन अघि उँखु किसान आन्दोलन संघर्ष समितिका अगुवा एवम् राजपाका नेता राकेश मिश्रले लिखित प्रतिवद्धताको सुनिश्चितता गरे मात्र आन्दोलन रोक्ने बताएपनि आन्दोलन रोकी सिँहदरबार गएका हुन् ।

किसानहरुको तर्फबाट किसान सहितको वार्ता टोलीसँग मील सँचालकहरुले सरकारसँग ७ दिनदेखि १५ दिनसम्म उँखु किसानको सबै रकम तिर्ने प्रतिवद्धता जनाएका छन् । उद्योगको पत्रपछि गृहले प्रहरी प्रधान कार्यालय पत्र पठाउँदै उखु किसानको पैसा नतिर्नेहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो।
उद्योगमन्त्री लेखराज भट्टले सुगर मीलले दिनुपर्ने सबै रकम माघ ७ गतेभित्र उपलब्ध गराउन सरकारले समन्वय र सहजीकरण गर्ने आश्वासन दिएपछि किसानहरु माइतीघरको आन्दोलन छाडेर सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन्। यसअघि किसानहरुले पुस २५ गतेसम्म ८० प्रतिशत रकम र बाँकी माघ ७ गतेसम्म उपलब्ध गराउने लिखित सम्झौता गरे मात्र आन्दोलन रोक्ने बताएका थिए ।
गृहले पक्राउ निर्देशन दिएपछि प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र कनोडियासहितका सुगर मिल सञ्चालक निश्चित समय दिन भन्दै उद्योग मन्त्रालय पुगेका थिए। उखु किसानहरु शुक्रबार अपरान्ह ४ बजेसम्म हिउँदे झरीमा रुझ्दै धर्नामा बसेका थिए। हिउँदै झरीमा रुझ्दै माइतीघरमा धर्नारत उखु किसानहरुलाई केही संस्थाले खाना उपलब्ध गराएका थिए। त्यसैगरि अर्को एउटा संस्थाले उनीहरुलाई न्यानो कपडा पनि दिएको छ।
सन्दर्भ समाग्री : नागरिकटाईम्सडटकम, शुक्रबार, पुस १८–१७ः२३
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…