मातृभाषाको 'जयजयकार' मात्र नारामा सिमित किन ?
मातृभाषालाई जबसम्म पाठयक्रममा राख्न सक्दैन, तबसम्म मातृभाषालाई सरकारी कामकाजको भाषाको रुप दिन सक्दैन ।
२०७६ पुस १८ शुक्रबार, दिउँसो २:३७ बजे४ मिनेट पढाइ

नेपालको संविधानको भाग १ को धारा (७) को उपधारा (२) मा – नेपाली भाषाको अतिरिक्त प्रदेशले आफनो प्रदेश भित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेश को सरकारी कामकाजको भाषा निर्धारिन गर्न सकिन्छ। - भनेर उल्लेख गरिएको छ ।
तर बिडम्वमा मातृभाषा बोल –चालमा मात्र सिमित भएको पाइन्छ । मातृभाषा एउटा नाराको रुपमा मात्र देखियो । नेपालमा संघियता अहिले कार्यन्वयनको क्रममा छ । संघ प्रदेश र स्थानीय सरकार बनेको करिब तेस्रो बर्ष भएको छ । तर नेपालको संविधानमा भएको कानुनी व्यवस्थालाई पनि प्रदेश, स्थानीय र केन्द्र सरकारले सरोकारको बिषय नराखेको पाइन्छ । मातृभाषाको उत्थानको कुराहरु पहिला संघियताको अवधर्ना आएका बेला खुब सुनिएको थिए ।
विभिन्न ठुलाठुला स्वरहरु मातृभाषाको पक्षमा पाएका थिए । प्रत्येक विद्यालयहरुमा प्राथमिक तहको शिक्षा मातृभाषामा पढानुपर्छ । थोरै कम भएपनि धेरै विद्यालयहरुको मातृभाषाको शिक्षाको महत्व र पाठयक्रममा राखेको पाइएको थियो । तर, मातृभाषाको कार्यन्वयनमा प्रभावकारी देखिएन् ।
मातृभाषाको विकासको निम्ती सरकारहरुको भूमिका प्रभावकारी देखिएनन् । केबल यसलाई प्रचारमा मात्र सिमित राखियो । प्रचारबाट उत्तारेर यसलाई कागजको कार्यन्वयनमा ल्याउनु प्रयत्न भएको पाइन् ।
७ वटा प्रदेश ७५३ स्थानीय तह भएको हाम्रो देश नेपाललाई हाम्रो देशको संविधानले आफ्नो मातृभाषााको विकास र यसलाई सरकारी कामकाजको भाषा कानुन बमोजिम बनाउन सकिन्छ ।
मातृभाषालाई जबसम्म पाठयक्रममा राख्न सक्दैन, तबसम्म मातृभाषालाई सरकारी कामकाजको भाषाको रुप दिन सक्दैन । कुनै पनि राष्ट्रको मजबूतिको आधार भनेको आफनो मातृभूमि प्रतिको लगाव र मातृत्वसँग सम्बन्ध राख्ने हरेक कुराले प्रदान गर्दछ । भाषा भनेको माध्यम हो । जसको माध्यमले हामीले आफ्नो भावना, विचार अरुको समक्ष प्रकट गर्न सक्छौं । तर, मातृभाषा हामीले आफ्नो जन्मपछि सिक्ने र बोल्ने भाषा नै मातृभाषा हो ।
त्यसैले हाम्रो आमाको कोखबाट नै सिकिएको भाषालाई हामीले आफ्नो महत्वपूर्ण भाषाको रुपमा विकास गर्न जरुरी छ । हामीले विभिन्न राष्ट्रको उदाहरण लिन सक्छौं । जापान, चिन, जर्मनी, बेलायत, आदी राष्ट्रहरुमा सम्पूर्ण शिक्षा मातृभूमि मातृभाषामा दिइन्छ । मातृभाषाको शिक्षा विद्यार्थीले सजिलैसँग बुझछन् । त्यसैले मातृत्वको आगमनबाट आएको भाषामा शिक्षा सजिलो र प्रभावकारी भएको पाईन्छ ।
तर, पछिल्लो समयमा हाम्रो देश नेपालमा राष्ट्रवादी कहलाउने र भनाउने होडबाजी चलेर आएको छ । नेपाली भाषा बोल्नेहरु मात्र राष्ट्रवादी हो र हुन्छ भन्ने अवधारणा भएको केही तथाकथित राष्ट्रवादीहरु आफ्नो तथा कथित राष्ट्रवादीहरुको सर्टिफिकेट बाँडदै हिडेका छन् ।
यी सँकिर्ण सोच र मानसिकता भएकै कारण पनि आफूलाई राष्ट्रवादी कहलाउनेहरुको सोचले गर्दा आज मातृभाषाको विकासमा समस्या आएको पाईन्छ । यो यथास्थितिवादी सोचले गर्दा विद्यायहरुमा मातृभाषामा शिक्षाको पाठयक्रम विकास हुन सकेको छैन ।
यति मात्र होइन, हाम्रो समाजलाई आज आधुनिक हुने पनि त्यतिकै नै होडबाजी चलेको छ । हरेक क्षेत्रमा आधुनिकीकरण खोज्ने नेपालीहरुको कमि छैन , हाम्रो समाजमा खानादेखि भाषा समेतमा आधुनिक खोज्ने नेपालीहरुको कमी छैन । त्यसैले आफनो मातृभाषा परै जाओस हाम्रो नेपाली भाषालाई पनि भाषामा आधुनिकीकरणले गर्दा नेपाली नरुचाउनेहरुको सँख्या बृद्धि भएको पाईन्छ ।
तर, हाम्रो बिडम्बना, यस आधुनिकीकरणमा ल्याएको विकृतिप्रति कसैको पनि ध्यानाकर्षण भएको पाईदैन । किनभने यहाँ शासन प्रशासनमा भएकाहरुलाई आधुनिकीकरणले प्रभाव पारेको छ । जसको उपाय केही महिना अगाडी हाम्रा सम्मानीय प्रधानमन्त्री ज्यूले होली वाइन ७५३ वटै प्रमुख र उप प्रमुख र प्रधानमन्त्री ज्यू समेत आफ्नो मन्त्रीमण्डल समेतलाई श्रीमान श्रीमतिको जुठो वाइन खुवाइएको थियो ।
यसै हरेक क्षेत्रमा आधुनिकीकरणका कारण आफ्नो ऐतिहासिक मूल्य मान्यता बोकेका आफ्नो कर्म, भाषा, धर्म, नेपालीहरुले छोडदै आईरहेको पाईन्छ । यो सम्पूर्ण घटनाक्रमले मातृभाषाको विकासमा अवरोध पुरयाएको पाइन्छ । यो दृश्य नेपाली समाजको हेर्दा के चाँही लाग्छ भने यो रबैया कायम रहयो भने हामीले आफनो मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा विकास गर्न असम्भव छ ।
नेपालको शिक्षा प्रणालीलाई हेर्दाखेरी के चाँही पाईन्छ भने शिक्षाको पाठयक्रमलाई संशोधन गरेको छैन । बल्ल केही महिना अगाडी पाठयक्रम परिवर्तन गर्नुपर्छ भन्ने कुराहरु आएको पाइन्छ । त्यसैले, पाठयक्रम परिवर्तनको लागी सम्पूर्ण सरोकारबालाहरु समयमा परिवर्तन गर्न जरुरी छ ।
हामीले हाम्रो संविधानले आफ्नो मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा कायम गर्न सक्ने व्यवस्था दिएको छ । त्यसैले हामीले आफ्नो मातृभाषालाई विकास गर्न जरुरी रहेको छ । सर्वप्रथम हामीले प्राथमिक चरणको शिक्षा मातृभाषामा गर्नु जरुरी छ । जब मातृभाषामा शिक्षाको थालनी हुन्छ , त्यसबेला केही चुनौतिहरु आउन सक्ला तर दीर्घकालिन हिसाबले यसले हाम्रो शिक्षाको क्षेत्रमा ठुलो क्रान्ती ल्याउने छ ।
अजय कुमार यादव (बरबरिया)
बि.ए. एल. एल. बि.
प्रथम वर्ष, के.एस.एल. , काठमान्डौं
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…