राष्ट्रियसभा चुनावमा तालमेल गर्न कांग्रेस र सपाबीच छलफल हुँदै
राजपा नेपालले बाजी मारेपछि समाजवादी पार्टी काँग्रेसतिर गएको हो ।

२०७६ पुस १८ शुक्रबार, दिउँसो १:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रियसभा चुनावका लागि तालमेल गर्न आज नेपाली काँग्रेस र समाजवादी पार्टीबीच छलफल हुने भएको छ ।
प्रदेश २ मा हुने चारवटा सीटका लागि काँग्रेस र समाजवादी पार्टीले मिलेर उम्मेदवारी दिने यसअघि नै सहमति भइसकेको थियो । त्यसलाई अन्तिम रुपमा दिनका लागि आज काँग्रेस र समाजवादी पार्टीबीच छलफल हुन लागेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपा नेपालबीच राष्ट्रियसभा चुनावका लागि तालमेल भएपछि समाजवादी पार्टी काँग्रेससँग तालमेल गर्न लागेको हो । नेकपासँगको तालमेल गर्ने राजपा नेपाल र समाजवादी पार्टीबीच प्रतिस्पर्धा भएपछि राजपाले बाजी मारेको थियो ।
राष्ट्रियसभा चुनावका लागि समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने आन्तरिक तयारी गरेको थियो तर राजपा नेपालले बाजी मारेपछि समाजवादी पार्टी काँग्रेसतिर गएको हो । विगतमा राष्ट्रियसभा चुनावमा राजपा, समाजवादी र नेकपाबीच तालमेल थियो । तर यसपटक समाजवादी पार्टीले काँग्रेससँग नगरेर नेकपासँग तालमेल गर्न लागेको सूचना राजपा नेपालले पाएपछि राजपाले समाजवादी पार्टी र काँग्रेसलाई छाडेर नेकपासँग तालमेल गरेको हो ।
समाजवादी पार्टीले प्रदेश २ मा राष्ट्रियसभाको चुनाव जित्ने दावी गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…